विश्वकै नमूना धार्मिक स्थल बन्दै रुरुक्षेत्र

आदर्श समाज सम्वाददाता
फागुन ८, २०७६
DSC03793 copy

कृष्ण अञ्जान – गुल्मी ७ फागुन । ब्रम्हपुराणमा भनिएका नेपालका चारधाम मध्येको एक धाम रुरुक्षेत्र रिडी यस अघि मात्र किंवदन्तीमा सिमित रहने गरेकोमा वर्तमान सरकारले भने यस क्षेत्रमा वहुआयामिक विकासका अवधारणा अगाडी सारेसंगै रुरुक्षेत्रले नयाँ रुप पाउने भएको छ ।

यसअघिका धेरै सरकारहरुका प्रतिनिधिहरु रुरुक्षेत्रमा आउने र किंवदन्ती सुनाएर फर्कने गरेकोमा वर्तमान सरकारले यो क्षेत्रको विकासका लागि कार्य आरम्भ गर्दै रुरुक्षेत्रको विकासको प्रतिवद्धता कार्यान्वयन तर्फ उन्मुख भएको छ । रुरुक्षेत्रको वृहतर विकासका लागि प्रदेश न ५ सरकारले आर्थिक वर्ष २०७५/०७६मा रुरुक्षेत्रको धार्मिक पर्यटन विकासको गुरुयोजना तयार गर्न २ करोडको वजेट विनीयोजन भएकोमा गुरु योजना तयार भइसकेको छ ।

यसैगुरु योजना अनुुसार कालिगण्डकी रिडीखोला तटवन्ध तथा पर्यटन पुर्वाधार विकास परियोजनाका लागि ५७ करोड ५६ लाखको टेन्डर भइसकेको यस क्षेत्रका प्रदेश सभासद कमल राज श्रेष्टलेबताए । वहुवर्षीय यस परियोजनाकामा रुरुक्षेत्रको स्वरुपमा आमूल परिवर्तन मात्र हुने छैन एसियाकै सुन्दर धार्मिक पर्यटन क्षेत्रको रुपमा यो क्षेत्र विकास हुने देखिएको छ ।मुख्यतया नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली ,प्रदेश सरकारका उद्योग तथा पर्यटन वन वातावरण मन्त्री लिला गिरी ,सामाजिक विकास मन्त्री सुदर्शन बराल ,प्रदेश सभासद कमलराज श्रेष्ठ तथा रुरुक्षेत्र गाउंपालिका अध्यक्ष निलकण्ठ गौतमको अथक प्रयास पछि यो कार्य सम्भव भएको हो ।

विगतको इतिहासलाई केलाउंदा धार्मिक तपोभूमि यसक्षेत्रमा देवदत्त ऋषिको तपस्या ,प्रेमलोचना अप्सराको देवदत्तसंगको प्रेमलिला रुरुकन्याको जन्म,ऋषिकेशवको मूर्ति फेला पारेका लगाएतका अनेकौं किंवदन्ती यहां सुन्न पाइन्छ ।पछिल्लो पटक यो क्षेत्रको समग्र विकासमा चासो राखेर वर्तमान सरकारले गुरुयोजनानै वनाएर धार्मिक पर्यटकीय क्षेत्रकको रुपमा विकासका काम शुरु गरेसंगै रुरुक्षेत्रको महत्व ह्वात्तै वढेको छ ।
के के वन्नेछन रुरुक्षेत्र रिडीमा रुरुक्षेत्रलाइ धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि यहां विविध संरचानका वन्ने भएका छन् । मुख्यतया कालिगण्डकी ए परियोजनाको निर्माण पछि रुरु क्षेत्रको पर्यावरणमा संकट आइलागेको हो ।यस पश्चात रिडी बजार सुख्खा क्षेत्रमा परिणत भएको र कालीगण्डकीमा पानीको वहाव पनि कम भएसंगै सुन्दरतामा पनि कमी आएको अवस्थामा अर्गलीको कुंडापानी तलबाट वांध बांधेर जलाशय निर्माण गरिने , र जलाशयमाथि तीनमुखे पुल निर्माण गरी रंगिन विजुली जडान गरी यो क्षेत्रलाई रमणीय पारिने प्रदेश सभाका सांसद कमल श्रेष्ठले बताए । यद्यपी स्यांगजा , पाल्पा ,र गुल्मी जोडने तीनमुखे पुलको निर्माण कार्य जारी रहेको छ ।

यसैगरी यस क्षेत्रको ऋषिकेश मन्दिरको भौतिक सुधार ,पश्चिमतिरबाट वग्ने रिडी खोलामा तटवन्ध,व्यवस्थित चक्रपथ र चक्रपथको किनारमा वृक्षरोपण ,वैज्ञानिक शवदाह गृह निर्माण,गौशाला, वृद्धाश्रम ,धार्मिक सांस्कृतिक र ऐतिहासिक संग्रहालय ,मन्दिरहरुको जिर्णोद्धार,गल्फुले गुफाको ऐतिहासिकता झल्कने गरी पुर्ननिर्माण ,आयुर्वेद तथा योग केन्द्र र संस्कृत शिक्षाको केन्द्रसंगै ,कालीपारीका मगर ,रिडीमा नेवार ,थोर्गा भट्कुवा ,कुसेनी मा धार्मिक होमस्टेको रुपमा अगाडी वढाउने लक्षले गुरुयोजना तयार भएको र टेण्डर समेत भइसकेको सांसद श्रेष्टले वताए ।

पछिल्लो चरणमा सडक सञ्जालको केन्द्र समेत रुरुक्षेत्र बनेको छ ।गुल्मी जिल्लाको प्रवेशद्धारको रुपमा रहेको रिडीवाट तानसेन रिडी तम्घास,रिडी वामी ढोरपाटन,रिडी वल्कोट मोटरवाटो रिडी भएर जाने गर्दछन ।
यसैगर? कोरला देखि भारत जोडने कालीगण्डकी करिडोर ,मेची महाकाली जोडने मदन भण्डारी लोकमार्गसंगै तनहँु सुर्खेत मार्गको संगम पनि रिडीहुने भएकाले रुरुक्षेत्र भएकाले नेपालका सुदुर पूर्व र पश्चिम ,उत्तर र दक्षिणको पहुंचसंग रुरुक्षेत्र जोडिने सांसद श्रेष्ठको भनाइ छ ।धार्मिक पर्यटन क्षेत्रको विकासका लागि प्रचुर संभावनका बीचमा पनि सधै उपेक्षित बनेको रुरुक्षेत्रमा गुरुयोजनामा समावेश संरचना क्रमश वन्दैजाने र केही वर्षमै विश्वकै आकर्षक नमूना धार्मिक पर्यटन केन्द्र वन्ने आशा गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width