पर्यटन प्रवद्र्धनमा अन्नपूर्ण

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७६
Myagdi news

रुपनारायण ढकाल-पोखरा। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले यस क्षेत्रभित्र रहेका पर्यटकीय सम्पदाको प्रवद्र्धन र प्रचार गर्ने अभियान तीव्र पारेको छ ।गाउँपालिकाभित्र पर्यटकीय सम्भावना बोकेका दर्जनौं सम्पदा भए पनि तिनको उचित प्रचार हुन नसक्दा आवश्यक फाइदा लिन नसकिएको स्थानीय वासिन्दाले महसुस गरेका छन् ।

यही सन्दर्भमा गाउँपालिकाले हालै गाउँपालिकाको नारच्याङबाट उत्तरी अन्नपूर्ण आधार शिविर पुग्ने मार्ग प्रवद्र्धन र थप पहिचान गरी नक्सा समेत सार्वजनिक गरेको छ । यस्ता अन्य पदयात्रा मार्गसमेत प्रवद्र्धन र खोजी गर्ने अभियानमा गाउँपालिका रहेको गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्वुजा पुनले जानकारी दिए ।सो गाउँपालिकाको भुरुङ तातोपानी बजारबाट, भुरुङ गाउँ, खोलाखर्क, नौलो बन, मुन्द्रा चढाउने डाँडा, धौलागिरि कालिवराह, चिमखोला हुँदै गलेश्वर निस्कने मार्ग समेत प्रवद्र्धनको योजना बनाइएको उनले सुनाए । यसैगरी दानबाट नागढुंगा, फगाम, कालो पाताल, भेरिखर्क, मेलखर्क, सल्लेनी धारा, मुन्द्रा चढाउने डाँडा, धौलागिरी कालिवराह, धौलागिरि आइसफल हुँदै लेते निस्कने मार्गलाई पनि प्रवद्र्धन सूचीमा राखिएको गाउँपालिकाले जनाएको छ ।

म्याग्दीको उत्तरी भेगमा अवस्थित अन्नपूर्ण गाउँपालिका जिल्लाको अन्नपूर्ण हिमालको नामबाट राखिएको हो । यस गाउँपालिकाको संरचना नेपाल सरकार संघीयताको सिद्धान्त अनुसार साविकका दोबा, भुरुङ तातोपानी, दाना, नारच्याङ, सिख, घारा, हिस्तान र राम्चे गाविस मिलेर यो गाउँपालिका बनेको हो । यसको सदरमुकाम अन्नपूर्ण गाउँपालिका वडा ६ ६ पोखरेबगरमा अवस्थित छ । यस गाउँपालिकामा जम्मा वडा संख्या ८ छन् भने कुल क्षेत्रफल ५५६.४१ वर्ग किमी छ । गाउँपालिका १६ सदस्यीय कार्यपालिका र ४४ सदस्यीय गाउँ सभाका सदस्यहरु रही बनेको छ ।

यस क्षेत्रमा ३२ प्रजातिका गुराँसमध्ये घोडेपानी क्षेत्रको जंगलमा रातो, सेतो, गुलाबी लगायत ८ प्रजातिका गुराँसहरु पाइने भएकोले यो क्षेत्रलाई गुराँसको राष्ट्रिय बगैँचा बनाउन सकिने सम्भावना रहेको छ । पृष्ठभूमिमा माछापुच्छ«े, धौलागिरि, अन्नपूर्ण र नीलगिरि हिमालको साथसाथै सूर्याेदयको अवलोकनले यस क्षेत्रको पर्यटकीय हिसाबले महत्व राखेको पाइन्छ ।गाउँपालिकाभित्र नेपालकै प्रमुख हिमनदी कालिगण्डकी नदी पर्छ । अन्नपूर्ण गाउँपालिकाअन्तर्गत पर्ने विविध खालका पर्यटकीय दृश्य उजागर गर्नुपर्दा विश्वकै गहिरो गल्छी अन्धगल्छी, घोरेपानी पुनहिल ट्रेक, टाडापानीबाट धौलागिरि कालिवराह, दानाबाट कालिवराह, खयर ताल, बयली, धानखर्क, फूलवारी, दोबा गाउँ, भुरुङ तातोपानी र नारच्याङको तातोपानी रहेका छन् ।

यसैगरी रुप्से झरना, प्यारीवराह थान, कान्छी भरानी, खोप्रा, पुनहिल, फुतफुते झरना, कार्वाकेली थान र मोहोरे डाँडा लगायतका आकर्षण पनि यहाँ छन् । जसले अन्नपूर्ण गाउँपालिकाको शोभा बढाइरहेका छन् । यस्ता सम्पदाको उचित प्रवद्र्धन गरी आर्थिक लाभ लिन सकिने मान्यता अनुसार आफ्नो पहल तीव्र पारेको गाउँपालिकाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width