कर्मचारी तन्त्रलाई संघीयता मन परेको छैन- सभामुख अधिकारी

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७६
86459922_780799889082533_7095706888376942592_n

पोखरा, ४ फागुन । गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले स्थायी सरकार (कर्मचारीतन्त्र) लाई संघीयता मन नपरेको बताएका छन् । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको प्रथम प्रदेश भेलालाई सम्बोधन गदै सभामुख अधिकारीले यस्तो बताएका हुन् । जनताका सेवक कर्मचारीले जनताको काम छिटो छरितो नगरिदिँदा जनताले झन् दुख पाएका छन् उनले भने ।

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका उपसचिव जमुना पौडेलले, अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका केन्द्रीय अध्यक्ष विमला आचार्य, पेशागत महासंघ नेपालका केन्द्रीय, देवीप्रसाद बस्याल, नेपाल राष्ट्रिय कर्मचारी महासंघ, गण्डकी प्रदेश अध्यक्ष तारानाथ सुवेदी,संघका केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता श्याम सापकोटा, केन्द्रीय उपाध्यक्ष तथा प्रदेश न. १ ईन्चार्ज नवराज केसी, जितेन्द्र कुमार मिश्र इन्चार्ज प्रदेश न.२ , प्रदेश न. ५ इन्चार्ज सीता दाहाल साथै ६ न. प्रदेश इन्चार्ज कविता थापा लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

शनिवार नै सम्पन्न भेलाले हरि पौडेलको अध्यक्षतामा २५ सदस्यीय गण्डकी प्रदेश स्तरीय कमिटीको पनि चयन गरेको छ । भेलाले सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारीलाई समस्या समधानको लागि ६ बुँदे माग अघि सारेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width