लेखनाथको जंगलमा चितुवा मृत फेला

आदर्श समाज सम्वाददाता
माघ २८, २०७६
liopard photo

कविराज खनाल -लेखनाथ, २८ माघ । पोखरा–३२ मालेपाटन र रुपा गाउँपालिका–५ को सीमाना आपुखोला स्थित राजाको कुनाको झाँडीमा मंगलवार दिउसो चितुवा मृत अवस्थामा फेला परेको छ ।

स्थानीय केदारनाथ अधिकारी र रामकृष्ण बसौलाले गाईबस्तु चराउने क्रममा मृत चितुवालाई देखेका थिए । मृत चितुवालाई साँझ डिभिजन वन कार्यालय कास्कीका कर्मचारीले उठाएर लगेका छन् । चितुवाको कति उमेरको हो भन्ने बारेमा शल्यपरीक्षणबाट मात्र खुल्ने जिल्ला वन कार्यालय कास्कीका अधिकृत रामकाजी श्रेष्ठले बताए ।

गत हप्ता विहीवार साँझ मात्र सोही स्थानमा पोखरा–३२, कोठेगाउँकी ९वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो । कास्कीसँगै जोडिएको तनहुँ जिल्लामा पनि केही महिनायता चितुवाको आक्रमणबाट ८ जना बालबालिको ज्यान गइसकेको छ । मृत चितुवा हेर्नकै लागि स्थानीयको भीड लागेको थियो । तनहुँमा ७ वटा चितुवा जिउदै खोरमा परेका र ती चितुवालाई देशका विभिन्न निकुञ्जमा लगेर छाडिएको डिभिजन वन कार्यालय तनहुँका अधिकृत केदार बरालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width