पोखरा, २५ माघ । पोखरा उद्योग वाणिज्य संघ ६६ औं वर्षमा प्रवेश गरेको छ । २०११ सालमा स्थापना भएको पोखराको जेठो सामाजिक संस्थाको ६६औं वार्षिकोत्सवको उपलक्ष्यमा शनिबार संघको सचिवालय गैह्रापाटनमा झण्डोत्तलन गरिएको छ ।
झण्डोत्तलन कार्यक्रममा संघका पूर्वअध्ययक्षहरु सुरेशकुमार राजभण्डारी, बसन्त उदास, राजेन्द्रकुमार लालचन, कृष्णमोहन श्रेष्ठसहित संघका वर्तमान अध्यक्ष दामु अधिकारी,पदाधिकारी तथा कार्यसमितिका सदस्य एवं साधारण सदस्यको उपस्थिति रहेको थियो । झण्डोत्तलनसँगै संघले आफ्नो ६६औं वार्षिकोत्सवको उपलक्ष्यमा मानवसेवा आश्रम छोरेपाटनलाई एक थान रेफ्रिजेरेटर बितरण गरेको छ । संघका अध्यक्ष दामु अधिकारीले आश्रमका प्रतिनिधि राजन सापकोटालाई सो फ्रिज हस्तान्तरण गरेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष अधिकारीले सामाजिक उत्तरदायित्वबहन गर्ने सिलसिलामा योपटक मानव सेवा आश्रमको आवश्यकता अनुसारको सहयोग गरिएको बताए ।
उनले संस्थाको जीवनमा बुढ्यौलीपन आउनु संस्थाको गतिशीलताको प्रतीक भएको बताए । यता, संघले वार्षिकोत्सवको अवसरमा शनिबार नापतौलका सामानहरुको परीक्षण तथा नवीकरण कार्यक्रम पनि राखेको छ । गुणस्तर तथा नापतौल कार्यालय कास्की तथा पोखरा भाँडा ब्यवसायी समितिसँगको सहकार्यमा भएको सो कार्यक्रममा नापतौलका सामानहरुको नवीकरण तथा परीक्षण गरिएको संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नापतौल तथा गुणस्तर कार्यालय पोखराका निरीक्षक युवराज अधिकारीले नापतौलका सामानहरु चुस्तदुरुस्त राख्न आफ्नो कार्यालय पोखरा उद्योग वाणिज्य संघ तथा व्यवसायीसँग समन्वय गर्न तयार रहेको बताए । संघका पूर्वअध्यक्ष सुरेशराज राजभण्डारीले पोखरा उद्योग वाणिज्य संघको विगतका क्रियाकलापको स्मरण गर्दै संघका गतिविधिहरुप्रति सन्तोष व्यक्त गरे । संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले संघलाई वर्तमान अवस्थासम्म ल्याउन योगदान दिने सबैको स्मरण गर्दै संघले आउँदा दिनमा पनि रचनात्मक कार्यहरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।
संघका उद्योगतर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै संघका गतिविधिहरु सदस्यमैत्री बनाउने प्रतिवद्धता जनाइन् । संघले वार्षिकोत्सवकै अवसरमा शुक्रबार महिला उद्यमीहरुको लागि वित्तीय साक्षरता र उद्यमशीलता विषयक अन्तरक्रियाका साथै पोखरा उद्योग वाणिज्य संघ सफल महिला उद्यमी सम्मान –२०६६ अर्पण कार्यक्रमसमेत सम्पन्न गरेको छ ।
Related News
सम्बन्धित समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
hero news full width
मुख्य समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१