निबन्ध प्रतियोगितामा गौतम प्रथम

आदर्श समाज सम्वाददाता
माघ २५, २०७६
hemja sahitya pratishan progrem photo

हेमजा ।हेमजा साहित्य प्रतिष्ठानले आयोजना गरेको विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितामा केफ माविका सौगात गौतम प्रथम भएका छन् ।

प्रतियोगितामा भूमेश्वर माविका नवराज ढुंगाना द्वितीय, धवलागिरि बोर्डिङकी सुरक्षा परियार तृतीय तथा स्नो भ्यूकी सम्झना भण्डारी र हेमजा बोर्डिङका अनिष दाहाल सान्त्वना भए । ‘शान्तिका प्रतीक गौतम बुद्घ’ विषयमा भएको प्रतियोगितामा ३२ जनाको सहभागिता थियो । प्रमुख अतिथि प्रतिष्ठानका सल्लाहकार टेकनाथ गौतमले बौद्घिक क्षमता अभिवृद्घि गर्न प्रतियोगिताले सहयोग पु¥याएको बताए । उनले प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै बालबालिकाको प्रतिभा प्रष्फुटन हुने क्षेत्रमा लगानी गर्न आफू तयार रहेको बताए ।

स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष असफल गौतमले प्रतियोगितामा सहभागी हुनु नै विद्यार्थीको सफलता भएको औल्याए । मौकामा हिरा फोर्नुपर्ने उदाहरण पेश गर्दै उनले लेखन तथा वाचनकलामा निखारता ल्याउन विद्यार्थीलाई सुझाव दिए ।प्रतिष्ठान अध्यक्ष कृष्णप्रसाद पौडेलले धेरै विद्यार्थीको सहभागिता हुनु सकारात्मक पक्ष भएको बताए । प्रतिष्ठानले नवप्रतिभा प्रोत्साहन गर्दै आएको भन्दै उनले शुभप्रभात काव्यमालाबारे समेत जानकारी दिए।माछापुच्छे« मावि ढिकुरपोखरीका शिक्षक शालिकग्राम अधिकारीले गाउँपालिका तथा महानगरपालिकाका विद्यार्थीलाई सहभागी गराई प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

कार्यक्रममा भूमेश्वर माविका विद्यार्थी नवराज ढुंगाना, महेन्द्र माविकी विद्यार्थी वर्षा क्षत्रीले प्रतियोगिताबाट विद्यार्थीको क्षमता विकासमा सघाउ पुग्ने बताए ।प्रतियोगितामा गौरीशंकर बहुमुखी क्याम्पसका सहायक प्राध्यापकद्वय लिलाधर अधिकारी र श्रीभद्र पौडेल निर्णायक थिए । सो अवसरमा सहभागी विद्यार्थीलाई उद्घोषणासम्बन्धी स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष असफल गौतमले प्रशिक्षण दिएका थिए ।प्रतिष्ठान अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन केफ माविकी छात्रा ममता क्षत्रीले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width