एघार किलोग्राम चरेससहित ३ पक्राउ

रासस
माघ २४, २०७६
heres-how-long-various-drugs-stay-in-your-body

भीमदत्तनगर, २४ माघ । नेपाल प्रहरीले कञ्चनपुरको भीमदत्तनगरपालिका–३ भाषीबाट ११ किलोग्राम लागुपदार्थ एघार किलोग्राम चरेससहित ३  जनालाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भीमदत्तनगर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बिहीबार बझाङ केदारस्यु गाउँपालिका–६ का ३८ वर्षीय मकर धामी, ३५ वर्षीय गोपाल धामी र बझाङ बुङ्गल नगरपालिका–२ का २३ वर्षीय जयबहादुर धामीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले घटनाका अभियुक्त र चरेससहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पौडेलले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width