पोखरा, २३ माघ नेपाल मगर संघ, नमूना इकाई समिति, पोखरा–१४, चाउथेको आयोजनामा एक महिने मगर भाषा प्रशिक्षण सुरु भएको छ ।
बुधबारदेखि सुरु भएको मगर भाषा प्रशिक्षण एक महिनासम्म सञ्चालन हुने अध्यक्ष ओम श्रीसमगरले जानकारी दिए । मगर भाषा प्रशिक्षक रूद्रबहादुर श्रीसमगरको प्रशिक्षण रहने सो भाषा कक्षामा इकाई समितिमा आबद्ध ३५ घरधुरीका मगर भाषा बोल्न नजान्ने मगर समुदायका सदस्यहरूको सहभागिता रहेको अध्यक्ष श्रीसमगरले जानकारी दिए ।
पछिल्लो समय मगर भाषा लोप हुँदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्दै मगर भाषा बोल्न नजान्ने मगर समुदायमा मगर भाषा सिकाउने अभियान सुरु गर्न लागिएको नेपाल मगर संघ, कास्कीका भाषा तथा शिक्षा विभाग प्रमुख शिव थापामगरले बताए । यस अभियानले मगर भाषा संरक्षणमा ठूलो टेवा पुग्ने थापामगरको भनाइ छ । नेपाल मगर संघ, नमुना इकाई समितिका सल्लाहकार कृष्ण पुनमगरले मगर भाषा प्रशिक्षण अभियानले आफ्नै मातृभाषामा कुराकानी गर्न सक्ने वातावरण बन्ने विश्वास व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१