हिमाली सांस्कृतिक परिवारको वार्षिकोत्सवमा सम्मान

आदर्श समाज सम्वाददाता
माघ १६, २०७६
nach

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले लोकसंस्कृति सबैको साझा भएको बताएका छन् । हिमाली साँस्कृतिक परिवारको २३ औं वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम बुधबार पोखरामा शुभारम्भ  गर्दै मन्त्री गुरुङले सो कुरा बताएका हुन्।

उनले संस्कृति नै पहिचान हो भने । साथै उनले पहिचान मानिसको अनुहारमा नभई भाषा, धर्म, संस्कृति, भूगोलमा खोज्नुपर्ने समेत बताए । संस्कृति संरक्षण र विकासका लागि राज्यले उचित नीति बनाउनुपर्दछ भन्दै मन्त्री गुरुङले हिमाली साँस्कृतिक परिवारले लोकसंस्कृतिको संरक्षण र विकासका लागि महत्वपूर्ण योगदान पु¥याएको चर्चा गरे । उनले कला, भाषा, साहित्य, संस्कृति विकासमा एकेडेमी निर्माणका लागि प्रदेशले कानून बनाउन जुटेको समेत जानकारी दिए । कास्कीको पाउदुरकोटमा १३ सय रोपनीमा साँस्कृतिकग्राम निर्माण गर्न लागेको उनले बताए ।

नेपाली लोकसंस्कृति बचाअैां भन्दै  क्रियाशील हिमाली साँस्कृतिक परिवारले आफ्नाे वार्षिकोत्सव अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।जसअन्तर्गत संस्कृति क्षेत्रमा योगदान पुर्याएकोमा संस्कृतिकर्मी तीर्थ श्रेष्ठलाई अभिनन्दन गरियो । यस्तै, कलाकार चीजकुमारी गुरुङलाई १० हजार रुपैयाँ सहित रुपेनबाबु स्मृति सम्मानबाट सम्मान गरिएको थियो। वर्षको उत्कृष्ट कलाकार घोषणा गर्दै परिवारका नृत्य संयोजक युवराज गुरुङ र नीतु गुरुङ जनही ५ हजार रुपैयाँसहित सम्मान गरियो ।

कार्यक्रममा सम्मानित व्यक्ति तीर्थ श्रेष्ठ, परिवारका प्रमुख संरक्षक चेतन कार्की, मानार्थ सदस्य अशोक पालिखेले संस्थाको प्रगतिको कामना गरेका थिए ।यस्तै, हिमाली साँस्कृतिक परिवारको गीतको प्रमुख अतिथि मन्त्री गुरुङ र प्रमुख संरक्षक कार्कीले विमोचन गरे ।कार्यक्रममा सु.जसबहादुर गुरुङले १ लाख ११ हजार, रुद्रकुमारी गुरुङ मैनाले १ लाख, मञ्जु गुरुङले १ लाख, नारायण गुरुङले ५० हजार सहयोग हस्तान्तरण गरेका थिए । सम्मानित चीजकुमारी गुरुङले १ वर्षको लागि इन्टरनेट सेवा सहयोग गरिन् ।

कार्यक्रममा नयाँ आजीवन सदस्यलाई सदस्यता वितरण र हिमाली साँस्कृतिक परिवारको गीतमा सहयोग गर्ने कलाकार तथा सहयोगीहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । परिवारका विशेष सहयोगी अशोक पालिखे, मेजर लक्ष्मीप्रसाद गुरुङ, सु.जसबहादुर गुरुङ, रुद्रकुमारी गुरुङ मैना, मञ्जु गुरुङलाई मानार्थ सदस्यता प्रदान गरिएको हो ।हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ज्ञानबहादुर थापाले स्वागत र सचिव श्रीजंग गुरुङले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width