घुससहित राजश्वका कर्मचारी पक्राउ

rss रासस
माघ १५, २०७६

चितवन, १५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश नम्बर ३ कार्यालयले घुससहित एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ । आन्तरिक राजश्व कार्यालय चितवनमा कम्युटर अधिकृतको दरबन्दीमा कार्यरत रामकुमार अधिकारीलाई कार्यालयले घुस रकम रु १० हजारसहित मङ्गलबार पक्राउ गरेको हो ।

आन्तरिक राजश्व कार्यालयका प्रमुख शुभप्रसाद रिजालले सेवाग्राहीबाट कम्युटर बिलिङको कामका विषयमा अधिकारीले रकम लिएको अभियोगमा पक्राउ गरेको जानकारी दिए । अधिकारीलाई अख्तियार कार्यालय हेटौँडा लगिएको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

लागु औषध सहित ३ जना पक्राउ

सेनाद्वारा बम निष्क्रिय

चिर्पटले टाउकोमा प्रहारगरी बाबुको हत्या

प्रमुख समाचार

राष्ट्रपति भण्डारीद्वारा उग्रताराको दर्शन