पोखरामा भारतीय गणतन्त्र दिवस

आदर्श समाज सम्वाददाता
माघ १४, २०७६
india

????????????????????????????????????

पोखरा । मित्रराष्ट्र भारतले आइतवार ७१ औ गणतन्त्र दिवस मनाएको छ । संविधान लागू भएको अवसरमा हरेक वर्ष जनवरी २६ लाई भारतले गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ ।

दिवस अवसरमा नेपालस्थित भारतीय दुतावास काठमाडौंले विभिन्न कार्यक्रम आयोजना ग¥यो । पोखरामा पनि भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय (पीपीओ), रामबजारले समेत विविध कार्यक्रम गरी दिवस मनायो । कार्यक्रममा पीपीओ पोखरा प्रमुख लेफ्टिनेन्ट कर्णेल शशांङ्ग त्रिपाठीले भारतीय सेनामा रहँदा वीरगतिप्राप्त भारतीय गोर्खा सैनिकका वीर शहीदको स्मारक माल्यार्पण गरे ।

त्रिपाटीले सदिँयौदेखि बहादुरी र कत्र्तव्यनिष्ठको लागि प्रसिद्ध वीर नेपालीको भारतीय सेनामा सहभागिता रहेकोमा भारतलाई गर्व रहेको औल्याए । विश्वमै बहादुरी र बफादारीरुपमा परिचित वीर गोर्खा भूपू तथा तिनका आश्रित परिवारजनप्रति भारतले नोकरी वा सेवानिवृत्त हुँदासमेत आवश्यक सेवासुविधालाई उच्च प्राथमिकता दिएको उल्लेख गरे । २०१४ सालदेखि थाति रहेका १ सय ४५ नाम थर नमिलेका पारिवारिक पेन्सन शुरु गर्न पाएकोमा गर्व महसुस भएको बता ।

सो अवसरमा भारत र नेपाल दुवै देशको राष्ट्रिय गान गाइएको थियो । नेपाल–भारतमैत्री विद्यालयका बालबालिकाले मार्चपास गरेका थिए । विद्यार्थीले नेपाली र भारतीय सांस्कृतिक कार्यक्रम एवं खेलकुदका डेमोन्स्टे«सन प्रस्तुत गरेका थिए । भूपू व्रिगडियर बिएम नागपाल, ले.क. शशांङ्ग त्रिपाठी र एसएम.ह.क्या गणेशबहादुर गुरुङ्गले भूपू स्मारिका २०१९ संयुक्त विमोचन गरे । ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा भारत तथा उसका दुतावास रहेका देशमा समेत दिवस मनाउने गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width