मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको सेवा शुभारम्भ

आदर्श समाज सम्वाददाता
माघ १४, २०७६
hospital

पोखरा । पोखराको रानीपौवामा अत्याधुनिक सेवासुविधासहित सञ्चालित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको सोमबार शुभारम्भ गरिएको छ ।

गण्डकी प्रदेशमा पहिलो पटक ट्रमा सेन्टरको सुविधासहित हस्पिटल सञ्चालनमा ल्याइएको अस्पताल अध्यक्ष रमेशकुमार थापाले बताए । दुर्घटना तथा चोटपटकबाट गम्भीर घाइतेलाई ट्रमा सेन्टरमा विशेष प्रकारको उपचार सेवा प्रदान हुनेछ । शुभारम्भ अवसरमा विशेष छुटमा स्वास्थ्य उपचार सेवा प्रदान हुने अध्यक्ष थापाले जानकारी दिए । ‘ओपिडी सेवा निःशुल्क प्रदान हुनेछ,’ उनले भने, ‘ल्याव तथा अन्य सेवामा विशेष छुट प्रदान हुन्छ ।’
अस्पतालमा पोखराका प्रसिद्ध तथा अनुभवी चिकित्सकबाट दैनिक स्वास्थ्य परीक्षण तथा उपचार सेवा उपलब्ध हुने जनाइएको छ । अस्पतालमा अध्यक्ष थापालगायत ६ जनाको मुख्य लगानी छ । साथै पोखराका प्रतिष्ठित व्यवसायी र बैंकर्सको पनि संलग्नता रहेको सो अस्पतालमा करिब ३० करोड रुपैयाँ लगानी रहेको जनाइएको छ ।

‘पोखरामा स्तरीय सेवा प्रदान गर्ने हस्पिटलको आवश्यकता महसुस गरी लगानी गरेका छौं,’ थापाले भने, ‘स्वास्थ्य क्षेत्रमा लामो समयको अनुभव भएका चिकित्सक तथा व्यवसायीको हस्पिटलमा आबद्धता छ ।’
एम्बुलेन्स सेवा, क्रिटिकल केयर युनिट, ल्याब टेस्ट र डाइग्नोस्टिक, इमेर्जेन्सी एण्ड ट्रमा केयर, डे केयर, होम केयर, वार्ड एण्ड रुम केयर, प्यासेन्ट सपोर्ट लगायत सुविधा हस्पिटलमा उपलब्ध रहेको छ ।अनलाइनबाटै डाक्टरको अपोइन्टमेन्ट लिन सकिन्छ भने डिजिटल एक्सरेको सुविधा उपलब्ध छ ।

यस्तै, अल्ट्रासाउण्ड, अनलाइन ल्याब रिपोर्ट, सिटी स्क्यान, औषधीको होम डेलिभरी लगायतका सुविधा पनि हस्पिटलले उपलब्ध गराएको छ । शल्यक्रिया, न्यूरो सर्जरी, बालरोग, प्रसुती तथा स्त्रीरोग सेवा, छाला तथा यौनरोग सेवा, नाक, कान, घाँटी, मनोरोग लगायत स्वास्थ्य उपचारसँगसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध

Related News

सम्बन्धित समाचार

hero news full width