बञ्चरो प्रहार गरी हत्या

आदर्श समाज सम्वाददाता
माघ १४, २०७६
thumb_rifml3fkxml165b1637017128e

लमजुङ । लमजुङमा ६० वर्षीया एक वृद्धाको बञ्चरो प्रहार गरी विभत्स हत्या गरिएको छ । सुन्दरबजार–७, पाउँदी बजारस्थित सहकाले निवासी ६० वर्षीय एकल महिला सीता पोखरेल भुजेलको सोमबार हत्या गरिएको प्रहरीले जनाएको छ । सोमबार बिहान ९ बजे उनले पालेका बाख्रा यताउता गर्न थालेपछि घरमा गई हेर्दा उनी मृत भेटिएपछि छिमेकी प्रहरीलाई खबर गरेका थिए ।

उनको दायाँ कञ्चटमा बञ्चरो प्रहार गरिएको चोट देखिन्छ भने रगतको पोखरी जमेको छ । कानमा लगाएका करिब अढाई तोलाको सुनका गहना तथा २ दिनअघि खसी बेचेको २२ हजार रुपैयाँ समेत नभेटिएको स्थानीय समाजसेवी भूमिनन्द तिमिल्सेनाले बताए । ती वृद्धा निःसन्तान भएको बताइन्छ । मस्र्याङ्दी गाउँपालिकाको सिम्पानी माइतीघर भएकी उनी १८÷२० वर्षदेखि पाउँदी क्षेत्रमा बसेर बाख्रापालन व्यवसाय गर्दै आएकी थिइन् । उनले करिब २५ वटा बाख्रा पाल्ने गरेकी थिइन् ।शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम बेसीशहर लगिएकोे जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रनाउ रवीन्द्रमान गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width