कैलाशद्वारा रेडक्रस कास्कीलाई सहयोग

आदर्श समाज सम्वाददाता
माघ १४, २०७६
kailash

पोखरा । कैलाश विकास बैंकले सोमवार नेपाल रेडक्रस सोसाइटी कास्की शाखालाई विपद् व्यवस्थापनका राहत सामग्री त्रिपाल प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो त्रिपाल सहयोग गरेको हो ।
यसबाट आकस्मिक रुपमा विपद्मा परेका समुदायलाई राहत हुने अपेक्षा गरिएको प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका पदाधिकारी तथा कैलाश विकास बैंकका कर्मचारीको उपस्थिति रहेको थियो ।कैलाशले हाल देशभर १ सय २ शाखा र ४० वटा एटीएम काउन्टर संचालन गरेको छ ।

बैंकको चुक्तापुँजी झण्डै ३ अर्ब रुपैयाँ हाराहारीमा पुगेको छ । बैंकले हालसम्म ३४अर्ब निक्षेप संकलन गरी २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।अब केही दिनमै प्राइम कमर्सियल बैंकसँग एकीकृत कारोबार तयारीमा रहेको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै विभिन्न सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width