यौन प्रजनन् स्वास्थ्य अन्तरक्रिया

आदर्श समाज सम्वाददाता
माघ १३, २०७६
0.26418900_1555500423_45

पोखरा। नेत्रहिन युवासंघ नेपालद्वारा आयोजित फेमिली प्लानिङ २०२० को आर्थिक सहयोगमा अपाङ्ग समावेशी यौन प्रजनन् स्वास्थ्य, अधिकार र परिवार नियोजनका प्रावधानहरुका विषयको अध्ययन प्रतिवेदन प्रस्तुतिकरण तथा अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

पोखरामा सम्पन्न उक्त कार्यक्रममा नेत्रहिन युवा संघले अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन् स्वास्थ्य, अधिकार, र परिवार नियोजनमा पहुँच सम्बन्धी नीतिगत सम्बन्धमा गरेको अध्ययन प्रतिवेदन समेत प्रस्तुतिकरण गरेका थिए । नेत्रहिन युवासंघ केन्द्रका कार्यक्रम परियोजना संयोजक सरोजा श्रेष्ठ, वैरवी अधिकृत अनिता सिग्देल र नेत्रहिन युवा संघ कास्कीका अध्यक्ष सूर्यप्रसाद भट्टराइले प्रस्तुतिकरण राखेका थिए ।
जसअनुसार अपाङ्गता सम्बन्धी वा अन्य सबै प्रकारका नीति नियम ऐन कानुन बनाउँदा अपाङ्गता भएका ब्यक्ति तथा सरोकारवालाहरुको संलग्नता, सहभागिता सुनिश्चित नगरिएको, स्वास्थ्य नीति बनाइदा प्रदेश सरकारले अपाङ्गता भएका ब्यक्ति तथा विज्ञहरुको परामर्श र सहभागितामा राय सुझाव नलिइएको औल्याएका थिए ।

प्रदेश सरकारले बनाउदै गरेका नीतिमा उल्लेखित ब्यवस्था नभएको, स्वास्थ्य ब्यवस्थापन सूचना प्रणालीमा अपाङ्गता सम्बन्धी तथ्याड्ढ संकलन नगरिएको, सरकारले सबै १० किसिमका अपाङ्गता भएका ब्यक्तिहरुको तथ्याड्ढ संकलन गर्न किमार्थ ढिलाई गर्न नहुने साथै आगामी जनगणनालाई अपाङ्गता सम्बन्धी सम्ूुर्ण सूचना संकलन हुने किसिमका प्रश्नावली सलंग्न गर्नुपर्ने लगायतका गुनासा तथा सुझावहरु रहेका छन् ।

कार्यक्रममा गण्डकी स्वास्थ्य प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्य, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य निरीक्षक लालु शर्मा, अटिजम कियर एसोशियसनका सम्झना पराजुली, दृष्टिविहिन अधिवक्ता श्रीकान्त सापकोटा, रेडक्रसका वरिष्ठ कार्यक्रम अधिकृत खेमराज सापकोटा लगायतका वक्ताले अपाङ्गता मैत्री नीति निर्माण र प्रभावकारी कार्यान्वयनमा जोड दिइएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width