महायज्ञमा १० लाख बढी संकलन

आदर्श समाज सम्वाददाता
माघ १२, २०७६
pauder mahayagya progrem photo (2)

हेमजा, । अन्नपूर्णको पाउँदुरस्थित शिवालय मन्दिरको सर्वाङ्गीर्ण विकासका लागि शुक्रवारदेखि शुरु शिवमहापुराण धनधाञ्याचल महायज्ञअन्तर्गत शनिवारसम्म १० लाख रुपैयाँ बढी रकम संकलन भएको छ ।
शनिवारसम्म १० लाख ७१ हजार ४ सय ६९ रुपैयाँ संकलन भएको यज्ञका सचिवालय सदस्य मदनप्रसाद पौडेलले जानकारी दिए । जसमध्ये हालसम्मकै अन्नपूर्ण–३, दमदमे निवासी डिल्लीराम पौडेलको परिवारले धेरै दान गरेको छ ।

शनिवार पौडेल परिवारले १ लाख ११ हजार १ सय ११ दान गरेको हो । त्यस्तै अन्नपूर्ण–३, मराउँचेकी सीता पौडेल परिवारबाट ५० हजार, रयाले निवासी देवी उपाध्यायको परिवारबाट ४० हजार एक सय ५ साथै टिमुरस्वाँराको सगरमाथा आमा समूहले २५ हजार ५ लगायत थुपै व्यक्ति एवम् संघसंस्थाले नगद तथा जिन्सी सहयोग गरेका छन्।महायज्ञको दोस्रो दिन कथाप्रवचन शुरु गरिएको छ । शिवमहापुराण वाचन गर्दै भागवत्भाष्कर प.कमलनयन गौतमले परिवर्तनका नाममा पछिल्लो पुस्ताले धर्मका राम्रा कुरा छाड्दै जानु दुःखद् भएको औँल्याए । उनले भगवान्को लिला विचित्रको छ भन्दै अतिथि साक्षात् देवता भएको बताए । शनिवार स्थानीय समाजसेवा युवा परिवारको समूह विशेष स्वयम्सेवाका खटिएको थियो।

यज्ञअन्र्तगत शिवमहापुराणको कथावाचन, रुद्राभिषेक, हवन, धनधाञ्यान्चल, तुलादान, वेद पाठपारायण, सामूहिक ब्रतबन्ध, चौरासी पूजा, चण्डीपाठ लगायतका कार्यक्रम भइरहेका छन् ।जसमार्फत संकलित रकमबाट मन्दिरको पुनःनिर्माण गर्ने, नियमित पूजाका लागि अक्षयकोष स्थापना गर्ने, बहुउद्देश्यीय धर्मशाला बनाउने, अन्नपूर्ण माताको मन्दिर निर्माण गर्ने, मूल प्रवेशद्वार बनाई मन्दिर परिसरमा पक्की पर्खाल लगाउने तथा पर्यटन वर्ष २०२० लाई सघाउँदै धार्मिक पर्यटनका टेवा पुर्याएने लक्ष्य राखिएको छ ।महायज्ञका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा संचालित शनिवारको कार्यक्रम महासचिव हरिप्रसाद शर्मा र धारापानी माविका शिक्षक नयन पौडेलले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width