शिक्षामा प्रोत्साहन गर्न गुरुङ विद्यार्थीलाई छात्रवृत्ति

आदर्श समाज सम्वाददाता
माघ १२, २०७६
tamu saskritikkk (1)

ऋषिराम बराल -पोखरा ।शिक्षामा पछि पर्नेमा एक समुदाय हो–गुरुङ । अघिल्लो पिँढीले कम शिक्षाकै कारण बेलायती र भारतीय सेनामा सेवा गर्दा होस् वा रोजगारीका लागि जापान, अमेरिका, कोरिया लगायत थुप्रै देशमा जाँदा हण्डर खानुप¥यो । सो चोटले आफ्नो पछिल्लो पुस्तालाई गुणस्तरीय शिक्षा दिनुपर्ने रहेछ भन्ने गुरुङ समुदायले बुझ्यो । र, आर्थिक हैसियत राम्रो भएका परिवारले आफ्ना छोराछोरी गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयमा भर्ना गरे ।
अर्कोतर्फ, आर्थिक अवस्था कमजोर र पढाइमा अब्बल भएर पनि उच्च शिक्षा हासिल गर्न नसक्ने विद्यार्थीको लागि पनि पढ्ने वातावरण मिलाउनु नै थियो । त्यस्ता विद्यार्थीलाई उच्च शिक्षामा सहयोग र प्रोत्साहन गर्न २०५८ सालमा रोजगारीका लागि जापान पुगेका गुरुङ युवाले तमु सांस्कृतिक प्रतिष्ठान नेपाल स्थापना गरे । संस्थाले यतिबेला छात्रवृत्ति अक्षयकोष खडा गरी नेपालका १७ जिल्लाका ९१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी उच्च शिक्षामा सहयोग गरिरहेको छ ।

एसएससी÷एसइई उत्तीर्ण सर्वोकृष्ट गुरुङ विद्यार्थीलाई पुरस्कृत गर्ने कार्यको थालनी गरेको प्रतिष्ठानले अहिले भाषा, संस्कृति, धर्म, संस्कार र इतिहासमा योगदान पु¥याएको गुरुङ समुदायका व्यक्तिलाई समेत सम्मान गर्दै आएको छ । संस्थाको मुख्य उद्देश्य नै गुरुङ समुदायको शैक्षिकस्तरमा वृद्धि गरी राष्ट्रको जिम्मेवार नागरिक बनाउने नै रहेको छ । तमु सांस्कृतिक प्रतिष्ठान नेपालको शनिवार पोखरामा १९ औं वार्षिकोत्सव मनायो । जहाँ अक्षयकोष खडा गर्नेहरुको भीड नै लाग्यो । शनिवार स्रष्टा सम्मान एवम छात्रवृत्ति वितरण गर्नकै लागि काठमाडौंदेखि राष्ट्रिय सूचना आयोगका आयुक्त महेन्द्रमान गुरुङ पोखरा आइपुगेका थिए ।

सामाजिक क्षेत्रमा योगदान भए पनि अन्य क्षेत्रमा गुरुङको प्रभाव निकै कम छ भन्दै शिक्षामा अगाडि बढ्ने उनले उक्त समुदायलाई प्रोत्सासन गरे । संविधानले दिएको अधिकार उपयोग गर्न समेत उनले जोड दिए । भाषिक, कला, संस्कृति लगायतको सामुदायिक अधिकार प्राप्त गर्न गुरुङसक्षम बन्नुपर्नेमा उनको जोड छ । ‘भाषा आयोग बनेको छ आफ्नो भाषाको बारेमा जानकारी राख्न भाषा आयोगको सदुपयोग गर्र्नुपर्छ,’ उनले सुझाव दिए ।

तमु धिं युकेका उपाध्यक्ष हरि गुरुङले हाल वितरण गरिरहेको छात्रवृत्तिमध्ये करिब ९० जना विद्यार्थीलाई तमु धिं युकेको पहलबाट नै भएको कुरा सुनाए । सोही समारोहमा धनबहादुर लामिछाने स्मृति पुरस्कारबाट साहित्यकार तेजबहादुर चाक्ली गुरुङलाई २० हजार रुपैयाँबाट सम्मान गरियो । उक्त पुरस्कारका लागि स्व. धनबहादुर लामिछानेको परिवारबाट स्मृति कोष स्थापना गरिएको हो । क्या. मीनबहादुर गुरुङ (डाँफे बाजे) स्मृति पुरस्कारबाट लोकगीत संगीतमा लामो योगदान गर्दैआएका गायक, संगीतकार, नृत्यनिर्देशक धनबहादुर गुरुङ १० हजार रुपैयाँबाट सम्मानित भए । उक्त पुरस्कारका लागि प्रतिष्ठानले क्या.मीनबहादुर गुरुङको स्मृतिमा छ्याँडु प्रतियोगिता आयोजना गरी कोष स्थापना गरिएको थियो । पार्वता स्मृति समाजसेवी सम्मान पुरस्कारबाट वरिष्ठ समाजसेवी मनवीर गुरुङ ढासा सम्मानित भएका छन् ।

प्रतिष्ठानका पूर्व अध्यक्ष तथा सल्लाहकार गिरीप्रसाद गुरुङ स्व. आमाको स्मृतिमा उक्त अध्यक्षकोष स्थापना गरी समाजसेवी, पत्रकार, चलचित्रकर्मीलाई पालैपालो सम्मान गर्दै आएका छन् । लालशोभा उत्कृष्ट आमा सम्मानबाट यस वर्ष तमु विद्यार्थीमध्येबाट नेपालमै उत्कृष्ट अंक प्राप्त गरी गत वर्षको एसइई उत्तीर्ण अन्नपूर्ण मावि सिक्लेसकी स्नेह गुरुङकी आमा बेलसुवा गुरुङलाई सम्मान गरिएको थियो । यस्तै, उत्कृष्ट विद्यार्थी छात्रवृत्ति लमजुङका पवन गुरुङलाई २० हजार रुपैयाँ र दाता ज्ञान गुरुङतर्फबाट ४० हजार रुपैयाँ प्रदान गरिएको थियो।

सम्मानित तथा पुरस्कृतलाई प्रमुख अतिथि महेन्द्रमान गुरुङ, कोषका दाता र प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङले सम्मान गरेका थिए । सम्मानिततर्फबाट तेजबहादुर चाक्ली र पवन गुरुङले मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा गायक धनबहादुुर गुरुङ, नीशा गुरुङ र नवगायिका एलिना गुरुङले गीत प्रस्तुत गरे । कार्यक्रममा विद्यार्थी समिति, सिक्लेस सभाथर दिदीबहिनी समूह र स्नेह गुरुङले नृत्य प्रस्तुत गरेकी थिइन् । तमु सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वरिष्ठ उपाध्यक्ष श्रीजंग गुरुङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width