बुहारीलाई छाउगोठ पठाउने जेठाजुलाई ४५ दिन जेल

एजेन्सी
माघ १०, २०७६
–50_wide-f33289ccceededc21cb568f1f0f3c13fb6061a13

पोखरा, १० माघ । महिनावारी हुँदा छाउगोठमा पठाएको भन्दै पहिलो पटक एक जनालाई जेल सजाय भएको छ । अछाम जिल्ला अदालतले बिहीबार साँफेबगर–३ का छत्र रावतलाई ४५ दिन जेल पठाउने फैसला गरेको हो ।

गत मंसिर १५ गते रावतकी बुहारी पार्वती रावतलाई महिनावारी हुँदा छाउगोठमा बसेकी थिइन्। चिसो छाउगोठमा बसेकी पार्वतीको मृत्यु भएपछि प्रहरीले छत्रलाई पक्राउ गरेको थियो। घरमा उनका सासु ससुरा र श्रीमान नभएकाले पार्वतीलाई छाउगोठ पठाएको अभियोगमा प्रहरीले छत्रलाई पक्राउ गरेको हो। छत्रमाथि कारबाहीअघि बढाउन महान्यायाधीवक्ता अग्नि खरेलले प्रहरीलाई निर्देशन दिएका थिए।

आइतबार राति अछाम २१ वर्षीया पार्वती रावतको छाउगोठमा मृत्यु भएको भयो । मुलुकी अपराध संहिताले सुत्केरी वा महिनावारी भएका महिलालाई छुवाछुत गर्न रोक लगाएको छ । अपराध संहिताको धारा १६८ को ३ बमोजिम छुवाछुत गर्ने र गराउने दुबैलाई कानुनी कारबाहीको व्यवस्था छ।

सोही कानुनका आधारमा जिल्ला अदालतले छत्रलाई जेल पठाउने फैसला गरेको हो । ‘फैसलापछि उनलाई जेल चलान गरिएको छ। छाउगोठमा पठाएबापत कोही जेल गएको अछाममा यो पहिलो घटना हो,’ जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले भने।पछिल्लो समय कर्णाली र सुदूरप्रदेशका जिल्लाहरूमा प्रहरीले गाउँगाउँमा पसेर छाउगोठ भत्काउने अभियान थालेको छ। सरकारले छाउपडी मान्नेलाई सरकारी सेवासुविधा नदिने चेतावनी दिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width