अदालतले दियो सिद्धबाबा थुन्ने आदेश

आदर्श समाज सम्वाददाता
माघ १०, २०७६
1575020339Krishan-das-giri_8klqoeA50H

पोखरा, १० माघ । अनुयायीमाथि बलात्कार गरेको मुद्दा खेपिरहेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई उच्च अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले बिहीबार उनलाई थुनामा पठाउने आदेश गरेको हो । यसअघि जिल्ला अदालत सुनसरीले गिरीलाई तीन लाख धरौटीमा छोड्न आदेश दिएको थियो। उच्च अदालतले उक्त आदेश बदर गर्दै उनलाई पूर्पक्षका लागि थुनामा पठाउन भनेको थियो।

तर उच्च अदालतको आदेश आउनु केही घन्टाअघि नै गिरी भने भारत पसिसकेका थिए । मुद्दाको सुनुवाइ बिहीबार दिउँसो १ बजे उनी ग१च ८१५७ नम्बरको पजेरो चढेर जोगबनीबाट पारि गएका हुन् । बडिगार्ड प्रहरी हवल्दार मुकेश साहलाई ‘केही काम छ तपाईं यहीँ बस्दै गर्नुहोला’ भनेर नेपालपट्टि ओर्लाएर कृष्णदास भारत गएको मोरङ प्रहरीले जनाएको छ। केही दिनयता उनी उपचारका लागि भन्दै भारत जाने(आउने गरिरहेका थिए।

केही समर्थक र अनुयायीसाथ उनी आफ्नो आश्रमबाट बिहीबार बिहान उच्च अदालत जाने भन्दै हिँडेका थिए। अदालत नगई उनी सोझै जोगबनी पुगेको प्रहरी स्रोतले जनाएको छ। आफूले खटाएका हवल्दारलाई फर्काएर भारत गएका गिरीलाई अहिले प्रहरीले फरार सूचीमा राखेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width