कर छलेर ल्याएको करोड वढी मूल्यको मोवाइल बरामद

आदर्श समाज सम्वाददाता
माघ ९, २०७६
Best-mobile-phones-under-2000-new

काठमाडौं, ९ माघ । प्रहरीले भन्सार छलेर ल्याइएको विभिन्न ब्राण्डका ६३४ वटा मोबाइल बरामद गरेको छ । मोबाइलसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डोटीका उमेश भट्ट र सिन्धुपाल्चोकका इन्द्रबहादुर कटवाल छन् । महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले मोबाइल बरामद गरेको हो ।
काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार भैरवहाबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट डीएल २ सीएटी ७०१७ नम्बरको कारभित्र एयर ब्याग, सिट, डिकी लगायतका स्थानमा फल्स बटम बनाएर मोबाइल राखिएका थिए ।मोबाइलका अनुमाति मूल्य १ करोड ५० लाख रुपैयाँ छ । दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width