१० जना जुवाडे पक्राउ

आदर्श समाज सम्वाददाता
माघ ९, २०७६
juwa-tas-kauda

फाइल तस्बिर

लमजुङ । बेसीशहरको होटलबाट हालै पक्राउ परेका १० जना जुवाडेमाथि मुद्दा चलाउन ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

बेसीशहर नगरपालिका– ७ को मनाङे चौतारस्थित ओमश्रेया गेष्ट हाउसको तीन तलामाथि जुवा खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक वसन्तबहादुर रानाले बताए । पक्राउ पर्नेमा ओमश्रेया गेष्ट हाउस संचालक वर्ष ४० का सूर्यबहादुर भण्डारीसमेत छन् ।

प्रहरीले सुन्दरबजार नगरपालिका– ७ बस्ने वर्ष ५० का कृष्णबहादुर अधिकारी, क्ब्होलासोथर गाउँपालिका– ४ बस्ने वर्ष २८ का डम्बरबहादुर गुरुङ, दोर्दी गाउँपालिका– ४ का ५० वर्षीय यम गुरुङ, सो गाउँपालिका वडा ८ का वर्ष ३० का कर्णबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

यसैगरी, मनाङको नासों गाउँपालिका– ८ बस्ने वर्ष ३६ का मन घले र काभ्रे जिल्ला घर भई काठमाडौमा बस्ने वर्ष ५८ का सानुबाबु तामाङ छन् । उनीहरूको साथबाट २८ हजार रुपैयाँ नगद र कौडा तथा तास बरामद गरिएको थियो । उनीहरूविरुद्धमा सार्वजनिक हित सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा मुद्दा पेश गरी म्याद थप गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width