ट्रक दुर्घटनामा ७ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
माघ ८, २०७६
Truck_20200121172454

पोखरा, ८ माघ । धादिङको निलकण्ठ नगरपालिका–८ मा मिनी ट्रक दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएको छन् ।

दुर्घटनामा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिएका छन् । दुर्घटनामा परेर ११ जना घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइते ११ जनालाई सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको जानकारी रेग्मीले दिए । ‘केही घाइते भने सामान्य उपचारपछि घर फर्किएका छन् । ज्वालामुखी गाउँपालिकामा रहेको मण्डलीथान दर्शन गरेर फर्कंदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख  ८०१२ नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो।

मृत्यु हुनेहरुमा सेते गुरुङ, प्रेमबहादुर गुरुङ, बलवहादुर गुरुङ, नारायण श्रेष्ठ, विदुर गुरुङ, तिलकबहादुर गुरुङ र नजबहादुर गुरुङ रहेका छन्। मृतकहरु नीलकण्ठ नगरपालिका वडा नम्बर २ भुलभुले टोलका वासिन्दा हुन् । उक्त ट्रकमा २५ जना यात्रा गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width