पोखरा । नेपाली काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपालकै हितमा रहेको दाबी गरेका छन् ।
नेपाल प्रेस युनियन कास्कीले पोखरामा सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै डा महतले अमेरिकाको जोडवलले नभई नेपालकै आवश्यकताले यो सम्झौता भएको तर्क गरे । ‘हाम्रो देशको आवश्यकता र स्वार्थ निश्चित देशसँग सहकार्य गरेर अनुदान ल्याउँदा आपत्ति जनाउनुपर्ने के छ,’ उनले भने, ‘एमसीसी सम्झौताले अमेरिकी सेना नै नेपालमा आएर बस्ने भन्ने खालको हौवा फिजाइयो । यो गलत छ । यो सम्झौता शुद्ध नेपालको पूर्वाधार विकासका लागि भएको हो ।’
उनले सत्तारुद्ध दलका नेता ‘आफै बोक्सी, आफै झाँक्री’ बनेर अनावश्यक रुपमा विरोधमा उत्रिएको टिप्पणी गरे । ‘२०१७ सालमा यो सम्झौता भएको हो । त्यतिबेला पनि यीनै नेताहरु केन्द्रमा थिए । कुनै गोप्य सहमतिबाट एमसीसी सम्झौता भएको होइन,’ उनले भने, ‘त्यतिबेला के हेरेर बसेका थिएन ? ३ वर्षपछि यो बहसको विषय किन बन्यो ? यो सम्झौता अमेरिकाको भन्दा नेपालको स्वार्थमा छ । सहर्ष स्वीकार्नुपर्छ ।’ उनले कुनै अमुक राजनीतिक दल र उसको प्रणालीसँग नभई देशसँग सम्झौता भएको बताए ।
सरकारका गतिविधिसँग जनता असन्तुष्ट भएका उनको भनाइ छ । ‘ऊ बेला जे प्रचार गरेर चुनाव जित्नुभो सबै प्रतिबद्धता अहिले चटक्कै बिर्सिनुभएको छ । जनता निराश छन्,’ महतले भने, ‘सरकार पूरै नियन्त्रण र निषेधमा केन्द्रित छ । शासन गर्ने लाइसेन्स पायौं भनेर गलत मानसिकता बोकेको छ ।’ पूर्व मन्त्री समेत रहेका महतले नेपाल ट्रष्टको सम्पत्ति अपारदर्शी ढंगले यती ग्रुपलाई दिइएको भन्दै विरोध जनाए । संसद्मा काँग्रेस कमजोर भएपनि गलत विधेयकविरुद्ध जनतालाई जानकारी गराएको र संसद्बाटै विरोध गरिरहेको उनको भनाइ छ ।
विश्वविद्यालयले नेविसंघ र काँग्रेससँग समन्वय नगरी स्ववियु चुनावको मिति तोकेको भन्दै उनले त्यो मिति काँग्रेसका लागि अमान्य रहेको बताए । ‘केन्द्रिय समिति नभएको बेला ग¥यो भने चलखेल गर्न पाइन्छ भनेर यो मिति तोकिएको छ । हामीलाई यो मान्य छैन,’ उनी भन्छन््, ‘पार्टीले प्रतिनिधि खटाउँछ उनीहरुसँग समन्वय गरेर मात्रै नयाँ मिति तोकिनुपर्छ ।’ नेविसंघ लगायत भ्रातृसंस्थाको अधिवेशन केही समयभित्रै गरिसक्ने उनको दाबी छ । काँग्रेसको महाधिवेशन पनि तोकिएकै मितिमा हुने उनको भनाइ छ । केन्द्रीय समिति बैठकले २०७७ फागुन ७ मा महाधिवेशन गर्ने निर्णय गरेको थियो । नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा र सञ्चालन सहसचिव ज्योति हमालले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१