अपराध र अपराधी राष्ट्र विकास निर्माणको बाधक हुन–महानिरीक्षक खनाल

आदर्श समाज सम्वाददाता
माघ ६, २०७६
प्रमनि सर्वेन्द्र खनाल

तनहुँ, ६ माघ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध र अपराधी विकास र निर्माणका बाधक भएको आरोप लगाएका छन् ।

समाजमा भए गरेका हरेक घटनाका प्रत्येक अपराधीले अपराध गरिसकेपछि समाजमा टाउको उठाउने मौका नपाउने र कानुन भन्दा माथि कोहीपनि नरहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालका अनुसार सो नव निर्मित सुविधा सम्पन्न, अत्याधुनिक सेवायुक्त भवन २ करोड ६८ लाख ३६ हजार १२२ रुपैयाँको को लागतमा निर्माण हुन लागेको भवन २०७७ पुस २६ गतेसम्म सम्पन्न हुने लक्ष्य राखिएको प्रहरी प्रमुख सिलवालले बताए ।

उक्त भवनकालागि काभ्रेस्थित ब्राइट मल्टी कन्स्ट्रक्सन प्रालिले भवन निर्माणको जिम्मेवारी पाएको छ। साढे दुई तल्लाको भवनको भूइँतलामा हिरासत कक्ष, सुरक्षा गार्ड कक्ष, पहिलो तल्लामा व्यारेक र दोस्रो तल्लामा सञ्चार कक्ष र कार्यालय प्रमुखको आवास रहनेछ । मजुवा सामुदायिक वनको स्वामित्वमा रहेको जीर्ण घर भाडामा लिई कार्यालय सञ्चालन हुँदै आएको छ ।

विसं २०१५ मा प्रहरी चौकीको रुपमा स्थापना भएको कार्यालय विसं २०५५ मा इलाका प्रहरी कार्यालयको रुपमा स्तरोन्नति भएको थियो । हाल इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी रहेको छ । उक्त कार्यालयले भानु मुकाम डुम्रेबाट पनि सेवा प्रवाह गर्दै आइरहेको छ । जिल्ला स्थित भानु नगरपालिका–२ नारेश्वरटारमा इलाका प्रहरी कार्यालय भानुको भवन शिलान्यास कार्यक्रमका क्रममा बोल्दै महानिरीक्षक खनालले अपराधीलाई सजाय दिन प्रहरी हरदम प्रतिबद्ध रहँदै आएको बताए ।

आपराधिक मानसिकताले विशेषगरी गरिबी र बेरोजगारीमा पिल्सएका युवालागि परेको बताए ।नेपाल प्रहरीले सामुदायिक साँझेदारी अन्तरगतको कार्यक्रममा प्रहरीले विद्यालय ,क्याम्पस र क्लेजहरुमा जनचेतना जगाउने र सचेतना मुलक पम्प्लेट पोष्टर सडक दुर्घटना न्यूनीकरण लगायतका अभियान नेपालका ७७ वटै जिल्लामा सामुदायिक साँझेदारी कार्यक्रमबाट चेतना फैलाउन नेपाल प्रहरी सफल रहेको उनले दावी गरे । समुदाय–प्रहरी साझेदारी अभियानअनुसार प्रहरी अगाडि बढेको र उक्त अभियानले शान्ति सुरक्षामा अमन चयन कायम राख्न सफल भएको उनको जिकिर थियो ।

देशको चौतर्फी विकासका लागि प्रत्येक तह र तप्काकामा रहेका सघ संस्थाहरुले प्रहरीसंग हातेमालो गरेर अघिबढ्नु पर्नेमा उनले जोड दिए । नेपालको शान्ति ,सुरक्षा स्थिति दिन प्रतिदिन मजबुत भएको र थप सुदृढ बनाउने हाम्रो प्रतिबद्धता रहेको महानिरीक्षक खनालले भने, “। महानिरीक्षक खनालले समाजमा शान्ति सुरक्षा प्रदान गर्ने प्रहरी आफैँ अनुशासित र कर्तव्यबोध प्रति सदैब सचेत र जिम्मेवार रहनुपर्ने बताए ।नेपालमा संचालनमा आएका अस्थायी प्रहरी चौकीहरु भगनावसेषहरु सिमित हुन दिईने छैनन् उनले भने। जीर्ण भवनको उचित बस्तुगत अध्यानगरी जीर्ण रहेका प्रहरी कार्यालयको भवन निर्माणलाई तीव्रता दिई पूर्वाधारयुक्त र सुविधा सम्पन्न बनाउन नयाँ प्रहरी कार्यालय भवन निर्माणलाई समेत अगाडि बढाइएको उनको भनाइ रहेको छ।

नव निर्मित प्रहरी भवनको शिलन्यास कार्यक्रममा बोल्दै ,जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले प्रत्येक ब्यक्तिसँग प्रत्यक्ष घनिष्ठ सम्बन्ध प्रहरी र समुदायको हुनु अपरिहार्य रहेको बताए । सय जना ब्याक्तिकालागि १ जना प्रहरीको अहोरात्र खटाईकाकारण जिल्लामा शान्ति सुरक्षाकायम भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width