उपसभामुखले राजीनामा दिनुहुन्छ- प्रवत्ता श्रेष्ठ

आदर्श समाज सम्वाददाता
माघ ४, २०७६
narayankagi photo

म्याग्दी ,४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने बताएका छन् । नेपाल प्रेस संगठन म्याग्दी शाखाले शनिबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य पदका उम्मेदवार समेत रहेका प्रवत्ता श्रेष्ठले यस्तो बताएका हुन् ।

उपसभामुखले राजीनामा दिने र माघ ६ गते वस्ने संघीय संसदको वैठकले सभामुख निर्वाचन प्रक्रिया सुरु हुने उनको भनाई थियो । नेता श्रेष्ठले अव पनि सूचना टाँस गरेर संसद वैठक स्थगित हुने वातावरण नहुने विश्वास व्यक्त गरे ।‘संविधानको मर्म र प्रावधान अनुसार हाम्रो पार्टीले उम्मेदवारी दिन र सभामुख बनाउनका निम्ति उपसभामुख नहुने स्थिति हुने भएकाले उपसभामुखले राजीनामा दिनुहुन्छ । उपसभामुखको राजीनामासंगै ६ गते बस्ने संघीय संसदको बैठकबाट सभामुख निर्वाचन प्रक्रिया अगाडि बढ्छ,’नेता श्रेष्ठले भने ।

सभामुख चयनका विषयमा पार्टी भित्र कुनै विवाद नभएको उनको भनाई थियो । आगमी माघ ९ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको शिलशिलामा म्याग्दी आएका नेता श्रेष्ठले बहुचर्चित एमसीसीका वारेमा सचिवालयको वैठकमा छलफल भएको बताउँदै राष्ट्र हित र स्वाधिनतालाई प्राथमिकतामा राखेर पार्टीले चाँढै उचित निर्णय लिने बताए ।आगमी २०७७ साल भित्र पार्टीका सवै कमिटीको अधिवेशन गर्ने गरी पार्टी भित्र छलफल चलेको उनले जानकारी दिए । नेता श्रेष्ठका साथमा राष्ट्रियसभा उम्मेदावर भगवती न्यौपाने पनि बेनी आएकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width