हराएकी सुशीलाको तीन महिना पछि गाडिएको अवस्थामा शव फेला

आदर्श समाज सम्वाददाता
माघ ३, २०७६
Capture

लमजुङ । लमजुङमा एक १६ वर्षीया सुशीलाको हराएको तीन महिना पछि गाडिएको अवस्थामा शव प्रहरीले फेला परेको छ । लमजुङको बेसीशहर नगरपालिका– १० स्थित भाचोक गाउँ नजिकको जंगलमा ती किशोरीको शव फेला परेको हो ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका– ६ को ठूलीबेसी गाउँमा घर भएकी सुशीला अधिकारीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भाँचोकको इन्द्रेणी सामुदायिक बन उपभोक्ता समितिले बन गोडमेल गर्ने क्रममा गाडेको अवस्थामा शवको घुडा देखेपछि प्रहरीलाई खबर आएको प्रहरी भनाई छ ।

किशोरीको शव बरामद प्रहरीले ल्याएर शव गृहमा राखेको अवस्था ।

सुशील बेसीशहर नगरापालिका– ७ मा रहेको जनविकास माविको कक्षा– ९ मा अध्ययन गर्दथिन् । शवको अवस्था सडेगलेको भएको हुँदा पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक वसन्तबहादुर रानामगरले बताए । उनका अनुसार मृतककी आमाले दाहसंस्कार गर्न वश बुझेकी हुन्, हामीले अनुसन्धान थालेछौं, कर्तव्य ज्यानकै आधारमा अनुसन्धान अधि बढाउँछौं । उनले भने ‘अहिले नै प्रेसलाई भन्न मिल्ने गरी उपलब्धी हासिल हुन सकेको अवस्था छैन ।’

उक्त शव आफ्नै छोरीको भएको उनले लगाएको यही वडादशैंको बेलामा किनिदिएको सेतो जुत्ता(एउटा मात्र भेटिएको), उनले लगाएको पाइन्ट, भित्री वस्त ब्रा र पेन्टी तथा कपालका आधारमा पहिचान गर्न सकेको सुशीलाकी आमा पुजा अधिकारीले बनाइन् । पुजाले प्रष्ट रुपमा आफ्नै छोरी भएको पहिचान गरेको हुँदा शव उनैलाई बुझाउने काम गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रानामगरले बताए । उनले भने, ‘शव बेसीशहरबाट भाँचोक गाउँमा जाने बाटोको दश मिटरको दुरीमा गाडिएको भेटिएको हो ।’ ती किशोरी सुशीलाको पेटमा साँढे पाँच महिनाको गर्भ रहेको समेत बुझिन आएको छ ।

सुशीला वडादशैंको बेलामा पोखरामा आमासँग बस्दै गरेको अवस्थामा आमालाई समेत थाहा नदिई असोजको २४ गतेदेखि वेपत्ता भएकी रहिछन् । उनी अघिल्लो दिनमा आमालाई समेत थाहा नदिई बेसीशहर आएकी रहिछन् । छोरीको फोनमा २४ गतेदेखि सम्पर्क हुन सकेन, त्यसपछि म खोज्न २७ गते बेसीशहर आएकी हुँ पुजाले भनिन् । उनले भनिन् ‘तर २ दिनसम्म पनि छोरीको अत्तोपत्तो भएन । मेरो छोरी र भाञ्चोक गाउँका रुपेश गुरुङका बीचमा प्रेम सम्बन्ध जस्तो थियो, उसले बोलाएर नै छोरी पोखरादेखि आएकी होे ।’ उनका अनुसार रुपेश बेसीशहर– ८ को बालमन्दिर अगाडि रहेको डेरामा फुपुको साथमा बस्थे, गएर सोध खोज गर्दा उनीहरू आत्तिन थाले । छोरी फेला नगरेपछि असोज २९ गते जिल्ला प्रहरी कार्यालयमा रुपेशलाई झिकाई बुझी पाउन उजुरी गरे । प्रहरीले फोन गरी उसलाई सम्पर्कमा आउन भन्यो । तर त्यसको एक डेढ घण्टाको आसपासमै रुपेशले प्रहरीकोमा जानु अघि नै डेरामै झुण्डिएर आत्महत्या गरेको हल्ला भयो म निरास भए पुजाको भनाई छ । उनले भनिन् ‘छोरीको शरीरमा पुरा कपडा पनि रहेनछ, मेरो छोरीको इज्जत लुटेर हत्या गरिएको हुनुपर्छ, त्यस्तो कुकर्ममा संलग्नहरू सबैलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ ।’

‘सुशीलाको शव फेला परेको जंगल बेसीशहर बजारबाट झण्डै दुई घण्टाको पैदल दुरीको उकालो ठाउँको जंगलमा पर्दछ । मेरो छोरीलाई मारेर त्यो केटा एक्लैले त्यसरी त्यहाँ पुरयाउन पक्कै सकेन, त्यो केटा मरे गए पनि त्यस घट्नामा संलग्न अरू को को हुन् निष्पक्ष छानविन गरेर हामीलाई न्याय दिनुपर्छ ।’ पुजाले भनिन् ।

रुपेश गुरुङ मस्र्याङ्दी बहुमुखी क्याम्पसबाट कक्षा– १२ को परीक्षा सकेर बसेका व्यक्ति भएको बुझिएको छ । उनको फुपुसँग सम्पर्क गर्न खोज्दा उनी गाउँमा गएको हुँदा फोन सम्पर्क हुन सकेन ।

Related News

सम्बन्धित समाचार

hero news full width