जङ्गलमा तास खेल्दा प्रहरीको नियन्त्रणमा

rss रासस
माघ २, २०७६

बनेपा, २ माघ । इलाका प्रहरी कार्यालय बनेपाको टोलीले बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

जङ्गलमा गएर लुकेर तास खेलिरहेको अवस्थामा बुधबार बेलुका ५ जनालाई नियन्त्रणमा लिनुका साथै नगद रु एक लाख ६२ हजार २०, चार स्कुटर, ११ मोटरसाइकल, एउटा कार र ११ बुक तास बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनले फरार रहेका १५ जनाको खोजीकार्य जारी रहेको र दुई वटा चेकबुकसमेत बरामद भएको जानकारी दिए । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

बञ्चरो प्रहार गरी हत्या

लागुऔषध कारोबार गर्ने सार्वजनिक

२२ लाख नगदसहित १६ जुवाडे पक्राउ

प्रमुख समाचार

नेकपा बैठकमा ओलीको सम्बोधन