तेहरान, २३ पुस । इरानमा युक्रेनको बोइङ–७३७ विमान बुधबार दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
तेहरानको इमाम खामेनी विमानस्थलबाट उडेको सो विमान उड्ने वित्तिकै दुर्घटना भएको थियो । यस विमानमा कम्तीमा १६७ जना यात्रु र अरु ९ जना चालक दलका सदस्य रहेका थिए । ती सबै जनाको मृत्यु भएको अधिकारीले पुष्टी गरेका छन् ।
इस्लामिक रिपब्लीक न्युज एजेन्सीले विमानस्थलका प्रवक्ता अलि कसानीलाई उद्धृत गर्दै उनीहरु सबैको मृत्यु भएको पुष्टी गरेको समाचार सम्प्रेषण गरेको छ । प्रारम्भिक विवरणअनुसार उक्त विमान युक्रेनको राजधानी किभतर्फको यात्रामा रहेको थियो । विमान दुर्घटनामा परेको विमानस्थल नजिकैको क्षेत्रमा उद्धार टोली परिचालन गरिएको छ । “विमानमा आगो लागेको छ र हामीले उद्धारकर्मी त्यसतर्फ पठाएका छौँ, “हामीले केही यात्रुहरूलाई बचाउने प्रयास गरेका थियौँ”, इरानको आपतकालिन सेवाका प्रमुख पिरहोसेन कोउलीभान्डले सरकारी टेलिभिजनसँग बताएका छन् ।
इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला भएको सो दुर्घटना दुई देशको तनावसँग सम्वन्ध रहेको वा नरहेको बारेमा भने स्पष्ट नभएको पनि समाचारमा जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
hero news full width
मुख्य समाचार
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१