पृथ्वी जयन्तीको अवसरमा हेम्जामा विविध प्रतियोगिता गरिने

आदर्श समाज सम्वाददाता
पौष २३, २०७६
d3b3ec42-140c-4e1c-9039-29127266a3ec

पोखरा, २३ पुस । २९८ औ पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसर पारेर आयोजना गर्न लागिएको बिद्यालयस्तरीय भलिबल प्रतियोगिता तथा बिबिध सांस्कृतिक कार्यक्रमको तयारी गरिएको छ ।

तत्कालीन गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे÷चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको रुपमा समेत लिने गरिएको छ ।

२९८ औ पृथ्वी जयन्ती मूल समारोह समिति पोखरा –२५ हेमजाद्वारा संचालन हुने कार्यक्रम हेम्जा सुपर मार्केट नहरचोकमा हुने समितिका अध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिए ।नेपाली नेपालीबीच भाइचारा र एकता अभिवृद्धि गर्ने उद्देश्य सहित आयोजित कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति, बिद्यालयस्तरीय भलिबल, भजन चुट्का, पन्चेबाजा, समूहस्तरीय गायन एवं बिद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायतका कार्यक्रम हुने बताइएको छ ।

बिद्यालयस्तरीय भलिबल प्रतियोगिताका बिजेताले नगद ३० हजार, द्धतीयले २० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने बिद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथम हुनेले नगद ५ हजार, द्धतीयले ४ हजार र तृतीयले ३ हजार रुपैयाा प्राप्त गर्ने बताइएको छ । साथै अन्य पैतियोगितामा पनि आकर्षक पुरस्कार राखिएका छन् । उक्त प्रतियोगिता पौस २७ देखि २९ गतेसम्म चल्ने जानकारी प्रचार प्रसार संयोजक बिराज शर्माले दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width