अमेरिकी फौजलाई देश निकाला गर्ने प्रस्ताव पारित

एजेन्सी
पौष २१, २०७६
12534868t1h7b0a

काठमाण्डौ, २१ पुस । इराकको संसदले त्यहाँ रहेका अमेरिकी फौजलाई देश निकाला गर्ने प्रस्ताव पारित गरेको छ।

अमेरिकाले शुक्रबार इरानका एक मुख्य सैनिक जर्नेलको हवाई आक्रमण गरी हत्या गरेपछि सिर्जित परिस्थितिको जवाफमा इराकले सो निर्णय गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। इरानका सबैभन्दा शक्तिशाली जर्नेल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि इरान–समर्थित लडाकुहरुले त्यहाँका सांसदलाई संसदबाट अमेरिकी फौजलाई देशबाट फिर्ता पठाउने प्रस्ताव पारित गर्न माग गरेका थिए।

इरानले आफ्ना जर्नेलको हत्याको बदला लिएरै छाड्ने सार्वजनिक घोषणा गरेको छ भने उता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले प्रतिवाद गरेमा इरानका संवेदनशील ५२ स्थानमा तत्काल र कडा आक्रमण गर्ने चेतावनी दिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width