अमित बरालको ‘यति धेरै’ सार्वजनिक हुने

आदर्श समाज सम्वाददाता
पौष १५, २०७६
Amit baral’s news- photo

पोखरा, १५ पुस । गायक अमित बरालको नयाँ गीत ‘यति धेरै’ को शुक्रवार रिलिज हुने भएको छ । नेपाल आइडल सिजन २ बाट चर्चित भएका बरालको स्वर रहेको उक्त गीतको म्युजिक भिडियो अमित पुस्पन अफिसियल नामक आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिने बरालले जानकारी दिए ।

गीतमा हर्कुलस बस्नेतको शब्द/संगीत र रिकेश गुरुङको संगीत संयोजन छ । नव कलाकार शिव श्रेष्ठ र निरन्जली लामाले अभिनय गरेको गीतको भिडियो पेमामान सिंह तामाङले निर्देशन गरेका हुन् । युटुबमा सार्बजनिक गरिएको गीतको टिजर थोरै समयमा लोकप्रिय भएको छ । नेपाल आइडलमा पुस्पन प्रधानको ‘पंक्षी’ गीत गाएपछि बरालले चर्चा बटुलेका थिए । बरालले यस अघि सार्वजनिक गरेका ‘म तिम्रै हुँ’,‘यता मेरो रगतले’ र ‘पिरतिको जाल’ लगायतका गीत लोकप्रिय छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width