मलेसियामा सन्देश ईन्टरनेशनल अर्वाड सम्पन्न

आदर्श समाज सम्वाददाता
पौष १५, २०७६
Sandesh Aaward Photos (1)

क्वालालम्पुर, मलेसिया, १५ पुस । मलेसियाको क्वालालम्पुरमा दोस्रो सन्देश ईन्टरनेशनल अर्वाड सम्पन्न भएको छ ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको भएको कार्यक्रममा बिभिन्न १२ विधामा १२ जनालाई अर्वाड र २ जनालाई सम्मान प्रदान गरिएको थियो । हेटौंडा स्थित सामुदायिक सञ्चार समूहको आयोजना तथा नेपाल टेलिकमको प्रायोजनमा कार्यक्रम संचालन भएको हो ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियामा रहेका सबैं नेपालीको सुखदुखमा राजदूतवास सधैं साथमा रहेको बताए । गैंह्रकानूनी ढगले मलेसिया बसिरहेका र समस्यामा परेका हजारौं नेपालीलाई उद्धार गरिरहेको स्मरण गर्दै राजदूत पाण्डेले रोजगारीमा मलेसिया आउँदा सबैंकुरा बुझेर मात्रैं आउन अनुरोध गरे । मलेसियामा रहेका हरेक नेपालीको समस्या समाधानको निम्ती दुतावासले पहल गरिरहेको उनले प्रष्ट पारे ।

कार्यक्रममा एनआरएनए एसिया प्यासेफिक सहसंयोजक खगेन्द्र न्यौंपानेले अब सबैं नेपाली मिलेर नेपाललाई समृद्ध नेपाल बनाउन लाग्नुपर्ने बताए । बैंदेशिक रोजगारीमा रहेका आम नेपालीहरुसंग आफु सधैं साथमा रहेको बताउदै न्यौंपानेले देशको विकास समृद्धिको निम्ती निरन्तर लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा बेष्ट कमेडियन अर्वाड मरिचमान श्रेष्ठ (बल्छी धु्रवे) लाई प्रदान गरिएको थियो भने मुभी र्सन अफ दि ईयर सुशान्त श्रेष्ठलाई र मुभी जर्नालिष्ट अफ दि ईयर रविचन्द्र अधिकारीलाई प्रदान गरिएको थियो ।
त्यस्तैं सामुदायिक बिद्यालयतर्फ हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउने आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाअध्यापक वीरबंश बैंठालाई एजुकेशन अर्वाड प्रदान गरिएको थियो ।

कार्यक्रममा युथ अर्वाडबाट योग्यराज सापकोटा र सन्तोष पराजुली, सोसल अर्वाड सिएम रिमाल, जर्नालिष्ट अफ दि ईयर तिलक अधिकारी, हेल्थ अर्वाड ङाजीलाल लामा, युथ बिजनेश पर्सन अर्वाड श्रीराज भण्डारी, आईटी अर्वाड गजेन्द्र चालिसे र आर्टिस्ट अफ दि ईयर फुर्वादोर्जे मोक्तानलाई प्रदान गरिएको थियो ।

यसैगरी सामुदायिक सञ्चार समुहले हरेक वर्ष प्रदान गर्दै आएको नेशनल रेक्सपेट अर्थात राष्ट्रिय सम्मान यो वर्ष खगेन्द्र न्यौंपाने र शंकरबहादुर पौंडेललाई प्रदान गरिएको छ । न्यौपाने र पौंडेल दुबैंजना लामो समयदेखी मलेसियामा बस्दैं आउनुभएको छ । कार्यक्रममा बहुचर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) को विशेष प्रस्तुती रहेको थियो भने मलेसियामा रहेका बिभिन्न संघसंस्था तथा नेपाली कलाकारहरुको सानदार प्रस्तुती पनि रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width