भ्रमण वर्ष २०२० शुरुसँगै सरकारी कार्यालयमा २ दिन दीपावली

एजेन्सी
पौष १५, २०७६
18

काठमाण्डौ, १५ पुस । पर्यटन वर्ष २०२० को उद्घाटनका दिन र त्यसको अघिल्लो दिन पुस १५ गते सरकारी निकायका सवै कार्यालयमा दीपावली गर्न सर्कुलर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशन दिएको छ ।

भ्रमण वर्ष २०२० को उद्घाटन र त्यसको अघिल्लो दिन दीपावली गर्न ८ पुसको सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयले निर्देशन दिएको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत सम्पूर्ण स्थानीय तहलाई पर्यटन मन्त्रालयको निर्णय पठाउँदै आफ्नो मातहतका निकायमा दीपावली गर्न निर्देशन दिएको छ ।

भ्रमण वर्षको उद्घाटन १ जनवरी (बुधवार) दशरथ रंगशालामा हुँदैछ । सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको हो ।भ्रमण वर्षका सन्दर्भमा २९ कात्तिकको मन्त्रिपरिषद् बैठकले सार्वजनिक निकायहरुका लागि ७ बुँदे निर्देशन जारी गरेको थियो । निर्देशनअनुसार पर्यटकको आवागमन बढी हुने प्रमुख पर्यटकीय गन्तब्यलगायत राष्ट्रिय राजमार्गका सडक तत्काल मर्मतको व्यवस्थापनका लागि भौतिक पूर्वाधार

सार्वजनिक निकायले गर्ने पत्राचारमा अनिवार्य रुपमा नेपाल भ्रमण वर्षको लोगो राख्ने र बुलेटिनमा भ्रमण वर्षसम्बन्धी लेख(रचना प्रकाशित गर्ने निर्णय गरिएको छ । नेपाल सरकारका मन्त्रालय तथा सार्वजनिक निकायबाट विदेशमा गरिने भ्रमण र प्रतिनिधित्वमा अनिवार्य रुपमा नेपाल भ्रमण वर्ष २०२० को जानकारी गराउनु पर्ने भएको छ ।

नेपालमा सञ्चालित सञ्चारमाध्यम, रेडियो, टेलिभिजन र पत्रपत्रिकाबाट नेपाल भ्रमण वर्ष २०२० को प्रचार सामग्री कल्याणकारी कोषबाट उपलब्ध हुने सुविधा अनुरुप प्रकाशन तथा प्रसारणको व्यवस्था मिलाउनसमेत सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width