इन्द्रराज्य लक्ष्मी माविमा खानेपानी टंकी

आदर्श समाज सम्वाददाता
पौष १४, २०७६
tanki pani_Fotor

पोखरा–१६ लामाचौर स्थित इन्द्रराज्य लक्ष्मी उच्च माविमा १० हजार लिटरको खानेपानी टंकी निर्माण कार्य सम्पन्न भएको छ।

लायन्स क्लब अफ पोखरा अन्जुली र लायन्स क्लब पोखरा अन्नपूर्णको सयुक्त आयोजनामा केण्ड्रोन स्टेट माध्यामिक विद्यालय अष्ट्रेलियाबाट २ लाख सहयोगमा खानेपानी टंकी सम्पन्न भएको हो।

उक्त खानेपानी टंकीको पोखरा महानगरपालिका–१९का वडा अध्यक्ष शोभामोहन पौडेल उद्घाटन गरेका हुन्। वडा नं १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले विद्यालयमा गुणस्तरीय र भरपर्दो खानेपानी टंकीले शुद्ध खानेपानीले विद्यार्थीलाई निकै फलदायी हुने कुरा बताए।

डिष्टिङ ३२५ बि १ का कोचिफ एडभाइजर राम बसेलले अन्जुली र अन्नपूर्णको सहकार्यमा ब्यवस्थित खानेपानी टंकी निर्माणको प्रसंशा गरे। परियोजना निर्देशक तथा लायन्स क्लब अन्नपूर्णका सल्लाहकार सोनाम साङपो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारी, विद्यालयका पिन्सीपल पूर्णभद्र अधिकारी, लागु पदार्थ नियन्त्रण समाजसुधार आमा समूहका अध्यक्ष विष्णुकुमारी गुरुङ, लायन्स क्लब अन्जुलीका प्रथम उपाध्यक्ष उमा रेग्मी लगायतले आफ्नो भनाई राखेका थिए।

लायन्स क्लब अन्नपूर्णका अध्यक्ष प्रदीप राजभण्डारीले स्वागत गरेको उक्त कार्यक्रमको सभापतित्व लायन्स क्लब अन्जुलीका अध्यक्ष कल्पना आचार्य र कार्यक्रम संचालन सचिव बिना पाइजाले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै