रामबजार ज्येष्ठ नागरिक केन्द्रको साधारणसभा

आदर्श समाज सम्वाददाता
पौष १४, २०७६
jastha_Fotor

रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्रको दोस्रो साधारण सभा सम्पन भएको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा केन्द्रका १०१ वर्षीय क्या. कुलबहादुर गुरुङ र अतिथिमा ८९ वर्षीय माया गुरुङ्ग रहेका थिए। संस्थाका सचिव ज्ञानबहादुर थापा र कोषाध्यक्ष भूपेन्द्र कुँवरले वार्षिक प्रगति तथा आर्थिक विवरण प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा यस संस्थाका उपाध्यक्ष माया गुरुङ्ग भुजेल राष्ट्रिय आदिवासी जनजाति माहिला मञ्चद्वारा प्रदेश न. ४ को संयोजकको रूपमा चुनिएकोमा सम्मान गरिएको थियो। यसैगरी केन्द्रमा योगदान दिने प्रत्येक वर्ष १ जनालाई सम्मान गर्ने कार्यक्रम अन्तरगत सुवेदार मेजर प्रेमबहादुर गुरुङ्गलाई सम्मान गरिएको थियो। कार्यक्रममा संस्थाका आजीवन सदस्य मनवीर गुरुङ (ढासा) तथा केन्द्रका परिकल्पनाकार महेश गुरुङले आफ्नो भनाइ राखेका थिए। सोही अवसरमा डिलमाया गुरुङ्गले सस्थालाई नगद. ५ हजार रुपैयाँ सहयोग प्रदान गरेकी थिइन्। केन्द्रका अध्यक्ष क्या. थमन थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष माया गुरुङ र कार्यक्रमको सञ्चालन सचिव ज्ञानबहादुर थापाले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै