जन्मदिनमा मजेत्रो उपहार

आदर्श समाज सम्वाददाता
पौष १२, २०७६
Majetro upahar_Fotor

समाजसेवी कार्पाकेली परिवार नदीपुरका अध्यक्ष मेजर चन्द्रबहादुर पुन मगरले जन्मदिनमा फिमला आमा समूहका ८५ सदस्यलाई शुक्रबार मजेत्रो उपहार प्रदान गरेका छन्।

पर्यटन भ्रमण वर्ष २०२० लाई देशभर भव्यता साथ मनाउने तयारी भैरहेको बेला कुनै पनि कार्यक्रममा भेषभूषासहित सरिक हुन आग्रह गर्दै कलेजी रङको मजेत्रो उपहार प्रदान गरेका हुन्।

फिमला आमा समूहका अध्यक्ष चनमती पाइजा पुनले समाजसेवी पुनमगरले आमा समूहका सदस्यलाई मजेत्रो उपहार प्रदान गरेकोमा आभार व्यक्त गरिन्। त्यस अवसरमा आमा समूहकातर्फबाट मेजर पुनमगरलाई फूलमाला लगाई सम्मान गरिएको थियो।

म्याग्दीबाट पोखरामा बसाइ सरेका मेजर चन्द्रबहादुर पुनमगर सिपाइ, लेसनायक, नायक, हवल्दार, वार्न अफिसर, लेफ्टीनेन्ट, क्याप्टेन हुँदै ब्रिटिस सेनाको मेजरसम्म पुगि सेवा निवृत्त भएपछि बाँकी जीवन सामाजिक सेवा लगाइरहेका छन्। कार्यक्रम फिमला आमा समूहका अध्यक्ष चनमती पाइजा पुनको अध्यक्षतामा भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width