संस्थापक नेता भट्टराईको जन्मजयन्तीमा मैनवत्ती प्रज्ज्वलन

आदर्श समाज सम्वाददाता
पौष ९, २०७६
1551638432_8

पोखरा ।नेपाली काँग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृण्णप्रसाद भट्टराईको ९६ औं जन्मजयन्ती पोखरामा पनि मनाइएको छ ।

सो अवसरमा कास्की काँग्रेसले मंगलबार साँझ वीपीचोकमा मैनवत्ती प्रज्ज्वलन गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । भट्टराईको जन्मजयन्तीमा ९६ वटै मैनवत्ती प्रज्ज्वलन गरिएको थियो । कार्यक्रममा काँग्रेस नेता, कार्यकर्ता र शुभेच्छुकको सहभागिता रहेको थियो ।काँग्रेस नेता एवं पूर्व मन्त्री यज्ञबहादुर थापाले मैनवत्ती प्रज्ज्वलन गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।कार्यक्रम कास्की काँग्रेसका कार्यवाहक सभापति आइबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width