सेवामा विभेद नगर – प्रदेश प्रहरी प्रमुख घिमिरे

आदर्श समाज सम्वाददाता
पौष ९, २०७६
1 (1) (2)

लमजुङ, ९ पुस । गण्डकी प्रदेशका प्रहरी प्रमुख विनोद शर्मा घिमिरेले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनु प्रहरीको कत्र्तव्य भएको बताएका छन् ।

क्व्होलासोथार–९, टक्सारमा नवनिर्मित प्रहरी चौकी गिलुङ लमजुङको भवन उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन् । उनले मातहतका प्रहरीलाई निर्देशन दिँदै प्रहरीले समुदायको सहकार्यमा काम गर्न सके अपराधिक क्रियाकलापमा कमी आउने बताए । उनले आफ्नो काम कर्तव्य पूरा गर्न प्रहरीले प्रदान गर्ने सेवामा विभेद हुन नहुने उल्लेख गरे ।

उनले भने, ‘स्थानीय जनताले विश्वास गर्ने र सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न प्रहरीको कर्तव्य हो, आफ्नो दायित्वबाट प्रहरीले पन्छिन मिल्दैन । शान्तिसुरक्षा मजबुद र अपराधलाई नियन्त्रण गर्नु हो प्रहरीको पहिलो कदम हो ।’ पछिल्लो समय आपराधिक घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले तत्काल नियन्त्रण तर्फ कदम चाल्न निर्देशन दिए ।

क्व्होँसोथर गाउँपालिका अध्यक्ष प्रेम घलले प्रहरीलाई सुरक्षा चुनौती थपिएको बताए । प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काको अध्यक्षता भएको कार्यक्रममा उनले स्थानीयले सुरक्षाको अनुभूति हुने खालका काम गर्न प्रहरीलाई आग्रह गरे । कार्यक्रम सञ्चालन जिल्ला प्रहरी कार्यालयका कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले गरेका थिए । प्रहरी भवन १ करोड ४७ लाख ६८ हजार रुपैयाँ लागतमा निर्माण भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width