चाइनिज भाषाको तालिम

आदर्श समाज सम्वाददाता
पौष ८, २०७६
talim photo

पोखरा, ७ पुस । पोखरा चेम्बर अफ कमर्श कास्कीको आयोजनामा तीन महिने चाइनिज तथा अंग्रेजी भाषाको तालिम सुरु भएको छ ।

तालिममा २० उद्यागी व्यावसायीको सहभागिता रहेको छ । पोखरा चेम्बर अफ कमर्श कास्कीका अध्यक्ष किसान सुनारले तालिमको उदघाटन गर्दै पहिलो सुरुवात चिनियाँ भाषाको तालिम चलाएको जानकारी दिए । उनले विस्तारै अरु भाषाको तालिम चलाउने बताए । चिनीयाँ राजदुतावासको सहकार्यमा एड्भान्स तालिम सञ्चालन गर्ने जानकारी दिदै उनले नेपाल चेम्बर ७० औं वर्ष प्रवेश र नेपाल भ्रमण वर्ष २०२०को अवसरमा तालिम चलाएको बताए ।

काठमाण्डौ केन्द्रित चेम्बर २०७४ साल देखि जिल्ला तथा नगरहरुमा शाखा विस्तार गरेको उनले जनाए । उनले नेपाल सरकारको आर्थिक सल्लाहाकारको रुपमा रहेको चेम्बरले उद्योगी व्यापारीको हकहित र सरकारलाई नीतिगत सल्लाह दिएको बताए ।

पोखरा चेम्बर अफ कमर्श कास्कीका उद्योग तर्फका उपाध्यक्ष गीता तिवारीले चिनीयाँ भाषाको तालिमले व्यावसायको प्रवद्र्धन र व्यक्तिगत विकासमा सहयोग पुग्ने बताइन् । उनले चेम्बरले महिला उद्यमीलाई आत्म निर्भर बन्नको लागि सिलाई कटाई तालिम दिएको जानकारी दिइन् । चेम्बरका वाणिज्यतर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेलले उद्योगी व्यापारीको व्यापार व्यवसाय प्रवद्र्धनको लागि चिनियाँ भाषाको तालिम चलाएको बताए । पोखरा चेम्बरका  अन्तराष्ट्रिय   विभाग प्रमुख रविबहादुर विकले निगता इन्टरनेशनल ल्याङगवेज एण्ड टेनिङ इन्टिच्युट प्रालिको प्राविधिक सहयोगमा रहेको तालिमको प्रशिक्षक विश्वास पालिखे रहेको जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width