मौसम खराब हुँदा २ हेलिकोप्टर पोखराको सेती किनारमा अवतरण

आदर्श समाज सम्वाददाता
पौष २, २०७६
new-gallery-2

पोखरा, २ पुस । मौसममा आएको खराबीका कारण बुधवार पर्यटक लिएर आधार शिविर पुगेका दूई हेलिकोप्टर खेल मैदानमा अवतरण गरिएको छ ।

पर्यटक बोकेर अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर पोखरा विमानस्थल फर्कने क्रममा मौसममा अकस्मात खराबी आउँदा बुधवार बिहान १० .०० बजे पोखरा महानगरपालिका–१९ लामाचौरस्थित सेती नदी किनारको गोस्तेघाट खेल मैदानमा अवतरण गरिएको छ ।

उडानको क्रममा मौसम अनुकूल रहेपनि शिविरबाट फर्कने क्रममा विमानस्थल हुस्सुले ढाकेपछि अवतरण हुन नसकेको हो । ‘‘पोखरा विमानस्थल हुस्सुको कारणले बन्द हुँदा टावरसँगको सम्पर्कमा दुई हेलिकप्टर खेल मैदानमा अवतरण गर्नुपरेको बताइएको छ । मौसम सफा हुनासाथ ती हेलिकप्टर पोखरा विमानस्थलमा आउने पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width