नेकपा सचिवालय बैठक स्थगित

रासस
मंसिर २७, २०७६
Uml-Mao-Karyadal-meting-Baluwatar-1

काठमाडौँ, २७ मंसिर ।नेताहरुको कार्यव्यस्तताका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजका लागि तय गरिएको बैठक स्थगन गरिएको छ ।

यही मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न आजका लागि सचिवालय बैठक बोलाएको थियो ।

नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार सचिवालयको बैठक शनिबार दिउँसो बस्नेछ । स्थायी कमिटीको बैठक यही मंसिर २९ गते ११ बजेका लागि तोकिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width