महिला खेलाडीबाट बढी स्वर्ण

आदर्श समाज सम्वाददाता
मंसिर २६, २०७६
Medalist Nepali Player_Fotor

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि पुरुषको तुलनामा बढि महिला खेलाडीहरुले स्वर्ण पदक दिलाए। घरेलु मैदानमा भएको साग खेलकुदमा नेपालका महिला खेलाडीहरुका लागि ऐतिहासिक बन्यो। महिला खेलाडीहरूले हामी पनि कम्जोर छैनौँ भनेर प्रमाणित गरे। सागको एकै संस्करणमा ५१ स्वर्ण जित्दै नेपालले इतिहास रच्दा २९ नेपाली महिला खेलाडीहरुले देशलाई ऐतिहासिक स्वर्ण दिलाए। यस संस्करणको साग खेलकुदमा नेपाली महिला खेलाडीहरुको प्रदर्शन अब्बल बन्यो।

स्वर्णधारी महिला खेलाडीहरु

१३ औं सागको स्वर्णधारी महिला खेलाडीहरुमा कराँतेको ४५ केजी मुनी तौल समुहकी कुसुम खड्का, कराँतेकै ५० केजी मुनीकी अनु अधिकारी, कराँतेतर्फकै ६८ केजी तौल समूहकी सुनिता महर्जन, कराँते ६८ केजी तौल समूहकी अनुपमा मगर, कराँते टिम काता, महिलातर्फ निर्मला तामाङ, संगिता मगर र सरु कार्कीले स्वर्ण जिते।

त्यस्तै, तेक्वान्दो पुम्सेको १७ देखि २३ वर्ष उमेर समूहतर्फ सिना मादेन लिम्बु, तेक्वान्दो पुम्सेकै २३ देखि २९ वर्षको उमेर समूहमा पार्वती गुरुङ, तेक्वान्दो पुम्सेकै २९ वर्ष माथिकी आयशा शाक्य, तेक्वान्दोकै ६२ केजी मुनि तौल समूहकी संगीता बस्यालले स्वर्ण दिलाए।

जुडोतर्फ ७८ केजी तौल समूहकी पुनम श्रेष्ठ, जुडाकै पुम्से महिला टिम १७ देखि २३ वर्ष तौल समूहका निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना, जुडो पुम्से महिला टिम २३ देखि २९ वर्ष उमेर समूहका निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राईले स्वर्ण हात पारे। जुडोमै देविका खड्काले स्वर्ण दिलाइन्।

ट्रायथलनमा सोनी गुरुङले स्वर्ण दिलाइन्। उसुको थाउलोमा सुस्मिता तामाङ, उसुकै थाउलो/नान्दौमा निमा घर्तीमगर र उसुकै ५६ केजी तौल समूहमा जुनी राईले स्वर्ण जिताए। एथलेटिक्स १० हजार मिटरमा प्रतिस्पर्धा गरेकी सन्तोषी श्रेष्ठले स्वर्ण जितिन्। साइक्लिङको डाउनहिलतर्फ निश्मा श्रेष्ठ, साइक्लिङकै क्रस कन्ट्रीतर्फ लक्ष्मी मगर, पौडीतर्फ गौरिका सिंह एक्लैले पौडीको २०० मिटर ब्याकस्ट्रोक, ४ सय मिटर फ्रिस्टाइल, १ सय मिटर फ्रिस्टाइल, २०० मिटर फ्रिस्टाइलमा स्वर्ण जित्दै साग खेलकुदमै इतिहास रचिन्। भारोत्तोलन ५९ केजीतर्फ सन्जु चौधरीले स्वर्ण जितिन्। कुस्तीकी संगीता धामीले स्वर्ण जितिन्।

Related News

सम्बन्धित समाचार

hero news full width