जनप्रिय क्याम्पसको २८ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७६
janaprea Photo

पोखरा २५, मंसिर जनप्रिय बहुमुखी क्याम्पसको २८ औं वार्षिकोत्सव बुधबार सम्पन्न भएको छ ।

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आमन्त्रित व्यक्तित्व त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले अन्तर्राष्ट्रिय श्रम बजारमा पठाउन योग्य जनशक्ति उत्पादन गर्न सुझाव दिदैं हाम्रो होइन राम्रो र दक्ष जनशक्ति खोजेर गुणस्तर काम राख्नु पर्ने बताए ।

शर्माले शैक्षिक उन्नयन र दक्ष जनशक्ति उत्पादनमा जेएमी अब्बल रहेको जनाउँदै एमविए हस्पिटालिटी म्यानेजमेण्ट कार्यक्रम स्वीकृत भएकोमा बधाई समेत दिए । उनले समाजको मागअनुसार नयाँ पाठ्क्रम आएको छ, शिक्षकहरूलाई अभिमुखीकरण तालिम दिइसकेको जनाए ।

गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले आफ्नो वडाको क्याम्पस र स्वयम् सिनेटर पनि भएकाले मानित विश्वविद्यालयका लागि चाहिने भौतिक संरचना र जग्गाका लागि प्रतिवद्ध भएर लाग्ने जनाए । थापाले छिमेकी मुलुक चीनसँग व्यापार र पर्यटन जोड्नुपर्ने भएकाले चिनियाँ भाषा ऐच्छिक रुपमा पढाउन आग्रह गरे ।

क्याम्पस प्रमुख विरञ्जी गौतमले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जेएमीले शैक्षिक गुणस्तर कायम राख्न अनुसन्धान र प्रकाशनमा जोड दिने प्रतिवद्धता सहित मानित विश्वविद्यालयका लागि चाहिने प्रारुप तयार गर्ने जनाए ।

वार्षिकोत्सव कार्यक्रममा अनेरास्ववियुका विपिन ढकाल, नेविसंघका धु्रवराज अधिकारी, स्ववियु सभापति आशिक गुरुङ, कर्मचारी संघकी अध्यक्ष राधादेवी वास्तोला, प्राध्यापक नेत्रप्रसाद सुवेदी, वदेहरि तिमिसिल्ना, पूर्व अध्यक्ष परशुराम बराल, पूर्व क्याम्पस प्रमुख पीताम्बर शर्मा र सिनेटर सरोजनारायण बराल लगायतका व्यक्तिले क्याम्पसलाई केन्द्रमा राखेर यसको मर्मअनुसार अगाडि बढ्न जोड दिएको थिए ।

वार्षिकोत्सवमा विद्यार्थीले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । क्याम्पसको शैक्षिक तथा अतिरिक्त क्रियाकलापतर्फ विभिन्न खेलकुद, कविता, निबन्ध, वक्तृत्वकला, हाजिरी जवाफ र सामूहिक नृत्य प्रतियोगिताका विजेतालाई प्रमाणपत्र, शिल्ड, मेडल र नगद प्रदान गर्नुका साथै क्याम्पसले सञ्चालन गरेको विभिन्न छात्रवृत्तिबाट उत्कृष्ट विद्यार्थीलाई सम्मानित गरिएको थियो ।

प्रात र दिवा सत्रमा ५ हजार विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसले देशभरिका १ हजार ९६ सामुदायिक क्याम्पस मध्ये २०७२ र २०७३ मा शिक्षामन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ । विश्वविद्यालय अनुदान आयोगको छनौटमा परेको जेएमसीले दुई पटक गुणमापन तथा प्रत्यानको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा अब्बल ठानिएको छ । मानित विश्वविद्यालयका लागि जेएमसीले स्नातक र स्नातकोत्तर तहमा सेमेष्टर प्रणाली सुरु गरिसकेको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष इन्द्रबहादुर कुँबरको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष देवका पहारीले स्वागत मन्तव्य, सञ्चालक समितिका सदस्य तारा गिरीले धन्यवाद ज्ञापन गरेका थिए भने सहायक क्याम्पस प्रमुख भेषराज बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।
फोटो छ जनप्रिय ।

Related News

सम्बन्धित समाचार

hero news full width