‘पञ्चामृत’ उत्कृष्ट एल्बम

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७६
album_Fotor

पोखरेली स्रष्टा अर्जुनरत्न भिकारीको ‘पञ्चामृत’ एल्वम आठौं म्यूजिक खबर म्यूजिक अवार्ड–२०७६ मा सर्वोत्कृष्ट घोषित भएको छ।

एसके मिडियाको आयोजनामा काठमाडौंमा सम्पन्न कार्यक्रममा वर्ष उत्कृष्ट एल्बम नेमिनेसनमा परेका ५ एल्वमबाट पञ्चामृतले अवार्ड हात पारेको हो। भिकारीले रचना गरेका ५ गीत समावेश एल्वम १ वर्षअघि बजारमा आएको थियो।

एल्वममा सुरज थापाको स्वर स्वर रहेको धनले हैन मनले.., स्वरुपराज आर्चाको स्वर रहेको श्रद्धाञ्जली.., प्रमोद खरेलको आवाज रहेको मन मनतै हो.., मेलीना राईको स्वर रहेको जवानीको ऐना..र सुरेश श्रेष्ठको स्वरको काजल …बोलका गीत छन्। संगीतकार सुनिल मास्के छन्।

यसैगरी, एल्वममा रहेको गीत धनले हैन मनले..वर्ष उत्कृष्ट एरेन्ज र वर्ष उत्कृष्ट लिरिक्सको उपाधि समेत जित्न सफल भएको छ। विजेतालाई वरिष्ठ गीतकार यादव खरेल, चलचित्रकर्मी चेतन कार्की, वरिष्ठ गीतकार कालीप्रसाद रिजाल, गीतकार संघ अध्यक्ष चूडामणि देवकोटा, राष्ट्रिय सभा सदस्य कोमल वली लगायतले पुरस्कृत गरे। कार्यक्रममा विभिन्न ६ विधामा अवार्ड दिइएको थियो।

पोखरा विन्ध्यवासिनीका भिकारी २७ वर्षदेखि बेल्जियम बस्दै आएका छन्। उनको रचनामा ४ गीत समावेश रहेको ‘जय मायाप्रेम’ एल्वम गत वर्ष चैतमा बजारमा आएको थियो।

आफूमा सानैदेखि संगीतप्रति लगाव रहेको भन्दै उनले सधैँ नेपाली गीत–संगीत विकासमा लाग्ने बताए।

Related News

सम्बन्धित समाचार

  • बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा…
  • ७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी…
  • नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । शिक्षासेवी तथा साहित्यकार नरहरि भट्टराईको शान्ति नायक उपन्यास शनिबार लोकार्पण गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको…
  • ‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’ मा उतारिएको…
  • गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको…

hero news full width