संघीयताले गाउँमा विकासको मूल फुट्यो-मुख्यमन्त्री गुरुङ

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०७६
p0
  • बहुदल आएको ३० वर्षसम्म तपाईले सरकारबाट यस्ता योजनाहरु पाउनुभएको थियो ?
  • विरुवा गाउँपालिकामा ३ वर्ष भित्र प्रदेश सरकारले थप २ वटा पुल बनाउने छौ ।
  • देशमा संघीयता आइसकेकाले प्रदेश सरकार तपाइँको हातमा हात र साथमा साथ मिलाएर हिड्न आतुर छ ।

स्याङ्जा,२३ मंसिर । संघीय व्यवस्था लागु भएकै कारण दुर्गम गाउँमा विकास निर्माणको लहर फैलिएको कुरा गण्डकी प्रदेशको मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

बहुदल स्थापनापछिको ३० वर्षसम्मपनि नेपाली जनता विकासको प्रतीक्षामा वसे तर विकास निर्माणका काम हुन सकेनन्, स्याङ्जाको बिरुवा गाउँपालिकाको अम्बोटे पुलको आइतबार सिलन्यास र बास्तारा पुलको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले भने –संघीयता लागु भएको २ वर्ष भित्र दुर्गम क्षेत्रमा विकासका लहरहरु पुग्न थालेका छन् ।

संघीयता आएपछि स्याङ्जाले २ वटा पुल र थुपै्र विकासका योजनाहरु प्राप्त गर्न सकेको जिकिर उनको थियो । यस्ता विकासका कामहरु जनताले अझै पाउने आश्वासन मुख्यमन्त्री गुरुङले दिए । ‘बहुदल आएको ३० वर्षसम्म तपाईले सरकारबाट यस्ता योजनाहरु पाउनुभएको थियो ? प्रश्न गर्दै मुख्यमन्त्री गुरुङले देशमा संघीयता आइसकेकाले प्रदेश सरकार तपाइँको हातमा हात र साथमा साथ मिलाएर हिड्न आतुरभएको बताए ।

संघीयता लागु भएपछिको पहिलो सरकार भएकाले आधार बनाउन केही समय लागे पनि अब भने प्रदेश सरकारले विकास निर्माण र सम्मृद्धिलाई दुर्त गतिमा अगाडि वढाउछ मख्यमन्त्री गुरुङले भने–विरुवामा गाउँपालिकामा ३ वर्ष भित्र प्रदेश सरकारले थप २ वटा पुल बनाउने छौ । २ करोड २ लाख रुपैयाँको लागतमा बास्तारा पुल निर्माण सम्पन्न भएको हो ।
ज्याग्दी खोला करिडोर र राङखोला विरुवा सडक स्तरउन्नति गरिदिने बाचा समेत उनले गरे । मनाकामना डाडालाई प्रदेशको उत्कृष्ट गन्तव्यमा राखिएको जानकारी दिदै मुख्यमन्त्री गुरुङले विकास विरोधी सवै शासन व्यवास्था जनताले फालिसकेको बताए ।

गाउँगाउँमा कृषि आनुधिक प्राणालीमा जोड दिदै मुख्यमन्त्री गुरुङले यसका लागि प्रदेशले सवै बाताबरण बनाइदिन तयार रहेको बताए । ‘तपाईलाई कोल्ड स्टोर चाहिएला, विद्युत चाहिएला, मोटरबाटो चाहिएला’ उनले थपे ‘जे जे पुर्वाधार चाहिन्छ त्यो हामी बनाइदिन्छौ तर तपाईले इलम गर्नुपर्यो, तपाईले जागर चलाउनुप¥यो कृषिमा विकास नभई हामी समृद्ध हुन सक्दैनौ’ उनले भने ।

गण्डकी प्रदेश सांसद दीपक चर्तीमगरले गाउँपालिकाको प्रत्येक ठाँउमा विकास पु¥याउन आफुहरु लागिपरेको बताए । तर उनले सवै ठाँउमा विकास पुग्न समय लाग्ने हुँदा धैर्य गर्न आग्रह गरे । अर्का प्रदेश सांसद मिनप्रसाद गुरुङले अव सवै मिलेर विकासमा लाग्नुपर्ने बताए । जनताको साथ सहयोग रहेमा धेरै विकास संभव भएको बताउदै फरक आस्थाको भरमा आएका विकास निर्माणको विरोध गर्ने प्रवृत्ति त्याग्नुपर्ने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width