यातायात मन्त्रीद्वारा निर्माणाधीन पूर्वपश्चिम राजमार्गको निरीक्षण

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०७६
mechi bridge

फाइल फोटो

कावासोती, २३ मंसिर । राष्ट्रिय आयोजनाको रुपमा निर्माण थालिएको पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ–बुटवल सडक खण्ड निर्माणको काम समयमा सम्पन्न गर्ने भैतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले बताएका छन् ।

आइतवार निर्माणधीन बुटवल नारायगढ सडक निर्माणको निरीक्षण गर्न नवलपुर आएका मन्त्रीले भौतिक निर्माणको काम समयमा सक्ने गरी आफूले ठेकेदारलाई निर्देशन दिएको बताए ।उनले राष्ट्रिय आयोजना अन्तरगतका जुन सुकै काम पनि सययमा सक्ने गरी कामको थालनी गरिएको बताए । मन्त्री नेम्वाङले नारायणगण बुटवल सडक निर्माणको काम तिब्र रुपमा अघि बढेको पाइएको समेत बताए ।

निर्माणका क्रममा अवरोधका रुपमा रहेका विषयहरु पनि मिलेको र सडक निर्माणका लागि उपकरणहरु भारतबाट आइसकेकोले निर्माणको काम ढिलाई नहुने र सडक निर्माणको समय मै सक्न आफुले निर्माणको ठेक्का पाएको चाइना कन्ट्रक्सनललाई समेत निर्देशन दिएको उनले बताए । उनले आइतबार नै पूर्व नवलपुरका नमुना सदरमुकाम निर्माण स्थलको निरीक्षण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width