गीता जयन्तीमा केदारेश्वरमा गीता प्रवचन

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०७६
geeta jayanti pic

पोखरा, २३ मंसिर । केदारेश्वर महादेवमणी सेवा आश्रमले विभिन्न कार्यक्रमको आयोजना गरी गीता जयन्ती मनाएको छ ।

आश्रमले गीता प्रवचन, श्लोकान्त अन्ताक्षरी तथा कम्प्युटर शिक्षाको शुभारम्भ गरी गीता जयन्ती मनाएको हो । कार्यक्रमको उद्घाटन गर्दै नेपाल संस्कृत विश्वविद्यालय बाल्मीकी विद्यापीठका प्राचार्य डाक्टर गणेश घिमिरेले सरकारको लापरवाहीका कारण संस्कृत शिक्षाको उत्थान हुन नसकेको बताए ।

नेपालका संस्कत विद्यालय तथा गुरुकुल सञ्चालनका लागि दान मागेर चलाउनु परेकोमा दुखःव्यक्त गरे । केदारेश्वर महादेवमणी सेवा आश्रमको आयोजनामा गीता जयन्तीको अवसरमा आयोजित प्रवचन कार्यक्रम बोल्दै उनले गीता जातजाति, भाषा, धर्म, साप्रदाय तथा बाद र सिद्धान्त भन्दा माथि रहेको बताए । गीता अध्ययनले जीवनको सार प्रष्ट गराईदिने बताए ।

नेपाल संस्कृत विश्वविद्यालय बाल्मीकी विद्यापीठका प्राध्यापक डाक्टर रामप्रसाद पौडेलले गीताको अध्ययन विना कुनै पनि ज्ञान पुर्ण हुन नसक्ने बताए । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय विन्ध्यवासिनी विद्यापीठका प्राध्यापक शालिकराम सुवेदी , काशी विश्वनाथ मन्दिरका पुजारी टेकनारायण पौडेल, बाह्रमण समाज नेपालका केन्द्रीय अध्यक्ष डाक्टर नारायण अधिकारी, विश्वहिन्दू महासंघ कास्कीका सदस्य भानु भण्डारी क्षितिज लगायतले बोलेका थिए । ।

केदारेश्वर महादेवमणी सेवा आश्रमका पीठाधीश डाक्टर लेखनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनतव्य आश्रमका उपाध्यक्ष दयानन्द पोख्ररेल र संचालन विश्वहिन्दू महासंघका केन्दीय उपाध्यक्ष शंकर खरालले गरेका थिए । साथै गीता जयन्तीकै अवसरमामा आश्रमले आश्रममा अध्ययन गरी रहेका बटुकहरुका बीचमा श्लोकान्त अन्ताक्षरी समेत गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width