स्वर्ण विजेता कमल कास्यमा सीमित

Avatar आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७६

पोखरा, २० मंसिर  साग भारोत्तोलनमा अघिल्लो संस्करणसम्म एकमात्र स्वर्ण विजेता नेपालका कमलबहादुर अधिकारी जारी १३ औं संस्करणको भारोत्तोलन प्रतियोगितामा कास्यमा सीमित भएका छन् ।

पोखरामा शुक्रबार भएको पुरुष ६७ केजी तौल समूहअन्तर्गत कमलले कुल २५२ केजी तौलमात्र उठाउन सके । उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कतर्फ १४० तौल गरी कुल २५२ तौल भार बहन गरेका हुन् । पाकिस्तानी र श्रीलंकन खेलाडीको स्न्याचमै बढी लिफ्ट आएपछि कमल क्लीन एण्ड जर्कमा दबाबमा परेका थिए ।

प्रतियोगितामा पाकिस्तानका ताल्हा तालिवले स्न्याचमा १४० र क्लीन एण्ड जर्कमा १५२ गरी कुल २९२ तौल उठाउँदै स्वर्ण जिते । यस्तै श्रीलंकाका जेएसी लाक्मलले स्न्याचमा ११९ र क्लीन एण्ड जर्कमा १४४ गरी कुल २६३ तौल उठाउँदै रजत जितेका छन् । प्रतियोगितामा पहिलो सहभागिता जनाएको भुटानका तर्फबाट वीरबहादुर लिम्बु चौथो भए । शुक्रबार नै पुरुष ७३ केजी तौल समूहमा नेपालले अर्को कास्य जित्न सफल भएको छ । नेपालका प्रकाश केसीले कास्य जित्न सफल भएका हुन् ।

प्रतियोगितामा भारतका अचिन्ता सेउलीले स्वर्ण र पाकिस्तानका अबु सुफयानले रजत पदक जितेका छन् । भारतीय खेलाडीले स्न्याचमा १३५ र क्लीन एण्ड जर्कमा १६५ गरी कुल ३०० केजी तौल उठाउँदै स्वर्ण जितेका हुन् ।

यस्तै पाकिस्तानी खेलाडीले स्न्याचमा १२८ र क्लीन एण्ड जर्कमा १५१ गरी कुल २७९ तौल उठाउँदै रजत र नेपालका प्रकाश केसीले स्न्याचतर्फ ११५ र क्लीन एण्ड जर्क विधामा १५० गरी कुल २६५ तौल उठाएका हुन् ।यसअघि उद्घाटनको दिन नेपालले १ स्वर्ण र २ कास्य पदक भित्राइसकेको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

ए डिभिजन लिगमा च्यासलले ब्रिगेडलाई हरायो

एबीसी र टि–बर्गर भेट्रान एट ए साइड फुटबलको फाइनलमा

लाउरेन्सद्वारा सहारा एकेडेमी अवलोकन

प्रमुख समाचार

नेपालमा पनि भेटियो कोरोना भाइरसको संक्रमण

थप प्रमुख समाचार

गुरुकुलमा संस्कृतसँगै आधुनिक शिक्षा

सांसद विद्याको ३६ योजना

मनाङेलाई दुई दिन म्याद थप

केफ माविको २६ औं वार्षिकोत्सवमा सम्मान