पिकअप भ्यान महोत्तरीमा पल्टियो, २ को मृत्यु, १४ घाइते

एजेन्सी
मंसिर १८, २०७६
p accident

महोत्तरी, १८ मंसिर । बारास्थित गढीमाई भेला दर्शन गरेर फर्किदै गरेको यात्रु सवार पिकअप भ्यान महोत्तरीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको १४ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ।

प्रहरीका अनुसार दुर्घटनामा धनुषाधाम घर भएका सकुन्तला देवी महतो र भारत जयनगर घर भएका तनियादेवी महतोको मृत्यु भएको हो।बाराको गढीमाई मेलाबाट मंगलबार राति फर्किदै गरेको २ च ८८५५ नम्बरको यात्रु बोकेको पिकअप भ्यान अनियन्त्रित भई पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास नगरपालिको लक्ष्मिनीया स्थित सडकबाट तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

राति २ बजे फर्किदै गरेको उक्त पिकअप विपरीत दिशाबाट आउँदै गरेको एक ट्रकले हेडलाईट डिम नगर्दा दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा गम्भीर घाइते ४ जनालाई थप उपचारको लागी बीपी कोइराला विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ। यस्तै सामान्य घाइते १० जनाको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। दुर्घटना भएको पिकअप र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width