क्रान्ति सफल हुनेमा विप्लव जिल्ला नेता विश्वस्त

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०७६
6. News Photo Palpa

मंसिर ६, पाल्पा । । एकीकृत जनक्रान्ति सफल हुनेमा आफूहरू विस्वस्त रहेको विप्लव नेतृत्वको नेपाल कम्यनिष्ट पार्टीका जिल्ला तहका नेताहरूले बताएका छन् ।

तानसेन नगरपालिकाको एक स्थानमा बिहीबार पत्रकार भेटघाट गरी उनीहरूले यस्तो दावी गरेका हुन् । ‘मुलुकमा राजतन्त्रको अन्त्य भएको छ यो सुखद पक्ष हो’पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहले, ‘यद्यपि अझै पनि न्यून वर्गका जनता अधिकार सम्पन्न भएका छैनन् ।’ अधिकार सम्पन्न बनाउनको लागि अधुरो क्रान्ति पूरा हुनुपर्छ । त्यो जिम्मेवारी नेकपा पार्टीको काँधमा छ । हामी पूरा गरेरै छाड्छौ ।’

आगामी ६ महिनामा परिणममूखी संघर्ष थालिने उनले बताए । ‘राज्यले जस्तो खालको व्यवहार गर्छ । त्यस्तै जवाफ दिने गरी पार्टीले तयारी गरेको छ ।’ अब हात बाँधेर नबस्ने उनले बताए । ‘पछिल्लो समयमा बाहिर हल्ला भएजस्तो पार्टी कमजोर छैन’ उनले थपे, ‘संघर्षको गम्भीर मोडमा पुगेको कारणले संयम र जिम्मेवार बनेको हो।’ राज्यले आफुहरूलाई जवरजस्ती युद्धमा लैजान खोजेको इन्चार्ज सिंले आरोप लगाए ।’ हामीले युद्ध चाहेको होइन् क्रान्ति हो’ उनले भने, ‘नेता कार्यकर्ता, जनमुक्ति सेना र हतियार नियन्त्रणमा लिएर त्रा असफल पार्ने षडयन्त्रमा सरकार लागेको छ।

उनले थपे,’ वार्ताको नाममा र सर्वपक्षीय सहमतिको बहानामा दमन गर्ने सरकारको सपना सपनामै सीमित हुनेछ ।’ ‘अब हाम्रो पार्टी विज्ञप्ति निकालेर मात्र बस्दैन’ उनले भने, ‘आवश्यक परे दुष्मनका विरुद्ध वायु सेना, स्थल सेना र जल सेना पनि तयार छन् । यद्यपि वार्ताको ढोका खुला छ ।’ आफूहरूको आन्दोलन किसान मजदुर मात्र नभइ मध्यम वर्गसँग सहकार्य हुने उनले बताए । उनका अनुसार अहिले पार्टी राजनीतिक वैचारिक, संगठनात्मक, आर्थिक तयारी, प्राविधिक तयारीमा जुटेको छ । चन्दाले क्रान्ति सफल नहुने भन्दै नेता तथा कार्यकर्ता उत्पादनमूलक व्यावसायमा जोडिएको उनले बताए ।

कार्यक्रममा नेकपा पाल्पाका सेक्रेटरी भुवन जिसीले आफुहरू अहिले संगठन निर्माणमा लागेको बताए । उनले एकीकृत जनक्रान्तिको दिशामा अघि बढ्न अपिल गरे । ‘गरिव र विपन्न तथा यो वा त्यो बहानामा पछाडि पारिएका जनताले अझै पनि न्यायको अनुभूत गर्न पाएका छैनन्’ उनले थपे, ‘अब जनसरकार र नेकपाले खडा गरेको न्यायलयले न्यायको महसुस दिलाउने छ।’ भ्रष्टाचार, तस्कर, राष्ट्रघात र महँगीविरुद्ध नेकपाले संघर्ष गरिरहेको छ। अहिले जनसेना निर्माण गर्ने कार्य जारी छ सेक्रेटरी जिसीले भने एकीकृत जनक्रान्ति सफल पार्नको लागि निर्माण भएको जनमुक्ती सेनामा भर्ती खुलेको छ युवालाई सामेल हुन अपिल गर्छु ।

सरकारले प्रतिबन्ध लगाएर केही नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिदैमा क्रान्ति नरोकिने उनले बताए । संघर्ष अझै शसक्त हुन्छ सेक्रेटरी जिसीले थपे । भूमिगत शैलीमा रहेका नेकपा पाल्पाका नेताले कार्यक्रम सञ्चालन भएको ठाउँ नभन्ने सर्तमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा केही निश्चित पत्रकारलाई मात्र सहभागी गराइएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width